Technology Khabar २७ कार्तिक २०८१, मंगलवार
काठमाडौं ।
अनरले गत सेप्टेम्बरमा आफ्नो अल्ट्रा–लाइट म्याजिकबुक १४ आर्ट नोटबुक विश्वव्यापी रूपमा लन्च गर्यो। सुरुमा चीनमा इन्टेल कोर अल्ट्रा ५ १२५एच र अल्ट्रा ७ १५५ एच चिप्सको साथ जारी गरिएको थियो भने कम्पनीले पछि बर्लिनमा आईएफए (इन्टरनेशनल फङ्कअसस्टेलङ)को समयमा स्न्यापड्रागन एक्स एलिट–संचालित संस्करण घोषणा गरेको बताइएको छ।
त्यसैगरी कम्पनीको अब आर्म–आधारित प्रोसेसर भएको ल्यापटप अन्ततः सोमबारदेखि बिक्रीमा जाने भएको छ।
अनरले ल्यापटपलाई बजारको “पहिलो एआई–संचालित स्न्यापड्रागन एक्स एलिट पीसी” भनि बताएको छ। यस ल्यापटपमा केही उन्नत एआई क्षमताहरूका साथै क्वालकम हेक्सागन एनपीयू समावेश गरिएका छन् जुन १३ बिलियन प्यारामिटरहरू अन–डिभाइसमा जेनेरेटिभ एआई एलएलएम मोडेलहरू रन गर्ने उल्लेख गरिएको छ।
चिपको प्राइम कोरहरू ४.० गीगाहर्जमा चल्छन् भने बाँकी ३.५ गीगाहर्जमा रन हुने उल्लेख गरिएको छ। यसको मतलब यो एक्स एलिट (चार मध्ये) को तेस्रो–सबैभन्दा शक्तिशाली भेरियन्ट – एक्स१ई–८०–१०० हो भनि थप उल्लेख गरिएको छ। बाँकी ल्यापटप भने इन्टेल–संचालित संस्करण जस्तै – एलपीडीडीआर५एक्स र्याम र १ टीबी एसएसडी भएको बताइएको छ।
म्याजिकबुक १४ आर्ट को पर्फमेन्स, पावर व्यवस्थापन र ब्याट्री इफिसियन्सी निकै प्रभासालि भएको उल्लेख छ। इन्टेल कोर अल्ट्रा ७ भेरियन्ट १४–इन्च देखि १५–इन्च कोटीमा प्राप्त हुने ल्यापटपहरू मध्ये एक उत्तम ल्यापटप भएको बताइएको छ। यद्यपि आर्म–आधारित संस्करण राम्रो छ कि छैन भनेर हेर्नको लागि भने पर्खन नसकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यद्यपि अनरले ल्यापटपको मूल्य निर्धारण बारे उल्लेख नगरेको र त्यसको लागि थप केही दिनहरू सम्मका लागि पर्खनुपर्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: २७ कार्तिक २०८१, मंगलवार