एप्पल एक दशकमा पहिलो पूर्ण म्याक लाइनअप अपडेटको ट्र्याकमा

Technology Khabar २६ कार्तिक २०८१, सोमबार

एप्पल एक दशकमा पहिलो पूर्ण म्याक लाइनअप अपडेटको ट्र्याकमा
Global IME Bank

काठमाडौं ।

एप्पलले एक दशक भन्दा बढीमा नगरेको कुरा हासिल गर्न तयार रहेको देखिएको छ। एप्पलले सिङ्गल चिप जेनेरेसनको साथ आफ्नो सम्पूर्ण म्याक लाइनअपलाई रिफ्रेस गर्ने भएको छ। एम१ चिप लन्च भएको चार वर्ष भइसक्दा पनि एप्पलले एकै पटक सम्पूर्ण लाइनअप अपडेट गर्न सकेको छैन।

एप्पलले एम१ लाई प्रस्तुत गर्दा यसले म्याक प्रो छोडेको थियो भने एम२ अपडेटले आईम्याक स्किप गरेको थियो। साथै यस्तो प्रकारको अपडेट प्याटर्न क्युपर्टिनो–जायन्टको लागि नयाँ भने होइन र यो प्रवृत्ति एम–सिरिज चिप्सको सयमदेखिको भएको उल्लेख गरिएको छ।

उदाहरणको लागी, एप्पलले धेरै म्याकहरुलाई इन्टेलको नवीनतम एसओसीको साथ अपडेट गर्दा आईम्याक प्रो र म्याक मिनीलाई भने स्किप गरेको थियो। साथै सन् २०१३ मा “ट्र्याशक्यान” म्याक प्रोको साथ अन्तिम पटक यस्तो प्रकारको एक साँच्चै एकीकृत म्याक अपडेट देखिएको थियो।

त्यसैले यदि एम४ अफवाहहरू साँचो भएको खण्डमा भने यो एप्पल र म्याक प्रयोगकर्ताहरूका लागि समान रूपमा ऐतिहासिक क्षण हुने भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।

हरेक म्याकमा सन् २०२५ सम्ममा एम४ चिप हुनेछ

सन् २०२५ को मध्यमा एप्पलले म्याकबुक एयर, म्याक स्टुडियो र म्याक प्रोमा एम४ चिपलाई थप्ने र लाइनअपलाई एकताबद्ध गर्ने मार्क गर्मनले सुझाव दिएका छन्।

कम्पनीले पहिले नै म्याकबुक प्रो, आईम्याक र म्याक मिनी अपडेट गरिसकेको छ भने फास्टर थन्डरबोल्ट पोर्टहरू, नानो–टेक्स्चर डिस्प्ले अप्सनहरू र सेन्टर स्टेज क्यामरा सुधारहरू जस्ता धेरै उल्लेखनीय अपग्रेडहरू प्रस्तुत गरेको उल्लेख छ।

एम४ चिपको पर्फमेन्स बुस्ट नयाँ प्रोडक्टहरूको स्ट्यान्डआउट विशेषता हुने उल्लेख गरिएको छ। म्याकबुक प्रोमा उदाहरणका लागि, एम४ चिपले उल्लेखनीय गति सुधारहरू प्रदान गर्दछ, गीगापिक्सेल फोटो सम्पादनमा १३–इन्च एम१ म्याकबुक प्रो भन्दा १.८ गुणा छिटो र ब्लेण्डरमा जटिल दृश्यहरू प्रस्तुत गर्न ३.४ गुणा छिटो रहेको उल्लेख गरिएको छ। साथै यसमा १६–कोर न्यूरल इन्जिन पनि समावेश रहेको छ जसले एम१ भन्दा तीन गुणा छिटो काम गर्छ।

थप शक्तिशाली एम४ प्रो चिपको बारेमा कुरा गर्दा, यसले सिङ्गल–कोर र मल्टि–कोर पर्फमेन्समा उल्लेखनीय वृद्धि प्रदान गर्दछ। एम४ प्रो सहितको म्याक मिनी अब एप्पलले प्रदान गरेको सबैभन्दा फास्ट (तिव्र) डेस्कटप म्याक हो जसले सीपीयू पावरमा एम२ अल्ट्रालाई पनि उछिनेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २६ कार्तिक २०८१, सोमबार