Technology Khabar २६ कार्तिक २०८१, सोमबार
काठमाडौं ।
सोनीको प्लेस्टेशन ५ प्रो विश्वभर उपलब्ध हुने भएको छ। कम्पनीले यो डिभाइसको घोषणा गत सेप्टेम्बरमा गरेको थियो र अब यो विश्वभर उपलब्ध हुन लागेको छ। तर सबै देशहरूमा भने उपलब्ध छैन। विशेष रूपमा भारतमा यो बिक्रीमा नआउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
सोनीले यसबारे आधिकारिक रूपमा यसरी स्पष्ट गरेको छ: ‘पीएस५ प्रो केही देशहरूमा उपलब्ध हुनेछैन (हालका लागि भारत पनि समावेश छ) जहाँ IEEE 802.11be (Wi-Fi 7) मा प्रयोग हुने ६ गिगाहर्ज वायरलेस ब्यान्डलाई अनुमति दिइएको छैन।’
बाकी देशहरूमा अब यो डिभाइस ६९९.९९ डलरमा किन्न सकिने बताइएको छ। साथै यदि ९९९.९९ डलरभन्दा माथि बजेट छ भने ३०औं स्थापना दिवस लिमिटेड एडिशन बण्डल पनि प्राप्त गर्न सकिनेछ।
यो विशेष संस्करणमा सन् १९९४ मा रिलिज भएको पहिलो प्लेस्टेशनको डिजाइनबाट प्रेरित१२ हजार ३ सय वटा मात्र व्यक्तिगत रूपमा नम्बर गरिएको युनिटहरू उपलब्ध छन्।
प्रकाशित: २६ कार्तिक २०८१, सोमबार