ह्वावेको मेटप्याड ११.५ इञ्चको २०२४ मोडल ट्याब्लेट अनावरण

Technology Khabar २५ कार्तिक २०८१, आईतवार

ह्वावेको मेटप्याड ११.५ इञ्चको २०२४ मोडल ट्याब्लेट अनावरण
Global IME Bank

काठमाडौं ।

ह्वावेले भर्खरै आफ्नो पछिल्लो ट्याब्लेट मेटप्याड ११.५ (२०२४) अनावरण गरेको छ। यो स्लीक डिभाइस उत्पादकत्व र मनोरञ्जनमा केन्द्रित भएर प्रिमियम ट्याब्लेट एक्सपिरियन्स प्रदान गर्न डिजाइन गरिएको उल्लेख गरिएको छ।

मेटप्याड ११.५ मा २२००×१४४० रेजोल्युसन र १२०हर्ज रिफ्रेस रेटको साथ ११.५–इन्चको टीएफटी एलसीडी डिस्प्ले रहेको छ। १२०हर्ज रिफ्रेस रेटको साथ यो हाई रेजोल्युसन डिस्प्लेले स्मुथ स्क्रोलिङ र जीवन्त दृश्यहरूको सुनिश्चित गर्दछ। ट्याब्लेटमा पेपरम्याट टेक्नोलोजी पनि रहेको छ जसले ग्लेर (चमक) कम गर्दै आरामदायी भ्यूइङ्ग एक्सपिरियन्स प्रदान गर्नेछ।

मेटप्याड ११.५ मा ह्वावेको नवीनतम अपरेटिङ सिस्टम ‘हर्मोनीओएस ४.२’ रहेको छ। यो ओएसले सुपरहब फाइल ट्रान्सफर, फ्लोटिङ्ग मल्टिपल विन्डोज, मल्टि–स्क्रिन कोलाबोरेसन र अपग्रेड गरिएको नोट एप सहित धेरै सुविधाहरू ल्याएको उल्लेख गरिएको छ। यसबाहेक ट्याब्लेटमा एजुकेसन सेन्टर फिचर पनि समावेश गरिएको छ जसले सिकाइ र उत्पादकताका लागि उपकरणहरू प्रदान गर्ने बताइएको छ।

फोटो र भिडियो खिच्नका लागि भनेर ट्याब्लेटमा १३ मेगापिक्सेलको रियर क्यामरा र अगाडि ८ मेगापिक्सेलको क्यामरा जडान गरिएको छ। त्यसैगरी डिभाइसमा ७७००एमएएच ब्याट्री रहेको छ जसले क्विक (द्रुत) टप–अपहरू सुनिश्चित गर्दै ३० वाटको फास्ट चार्जिङलाई समर्थन गर्दछ।

मेटप्याड ११.५ आइल्याण्ड ब्लू, फ्रस्ट सिल्भर र स्पेस ग्रे सहित तीनवटा स्टाइलिश रङ विकल्पहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ। ट्याब्लेट आधार मोडेलको मूल्य १६९९ युआनबाट सुरु हुन्छ भने हाई–इण्ड पेपर म्याट संस्करणको लागि २०९९ युआन मूल्य निर्धारण गरिएको छ।

त्यसैगरी ह्वावे मेट ७० सिरिज पनि चाँडै लन्च हुने अपेक्षा गरिएको छ। साथै मानक मेट ७० को स्पेक्सहरूको बारेमा मुख्य विवरणहरू खुलासा गर्दै लीकहरू पनि देखा परिसकेका छ।

यसमा भेरिएबल एपर्चरको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा, ५× अप्टिकल जुमको साथ १२ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स र ट्रिपल–लेन्स सेटअप हुन सक्ने उल्लेख गरिएको छ। साथै यसङ्गो डिस्प्ले साइड माउन्ट गरिएको फिङ्गरप्रिन्ट सेन्सरको साथ फ्ल्याट ६.६९–इन्च स्क्रिन भएको अफवाह रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २५ कार्तिक २०८१, आईतवार