भारतीय टेल्को रिलायन्स जियोले १०० अर्ब डलरभन्दा बढीको आइपीओ ल्याउने तयारी गर्दै

Technology Khabar २३ कार्तिक २०८१, शुक्रबार

भारतीय टेल्को रिलायन्स जियोले १०० अर्ब डलरभन्दा बढीको आइपीओ ल्याउने तयारी गर्दै
Global IME Bank

काठमाडौं ।

भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो टेलिकम व्यवसाय रिलायन्स जियोको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) सुरु गर्ने योजना बनाएका छन्। विश्लेषकहरूले यस टेलिकम कम्पनीको मूल्य १०० अर्ब डलर भन्दा बढी राखेका छन्। यसपछि रिलायन्स इन्डस्ट्रीज (आरआईएल) ले पनि आफ्नो खुद्रा एकाइलाई स्टक बजारमा सूचीबद्ध गर्न सक्ने अनुमान गरिएको छ।

लगभग पाँच वर्ष पहिले, भारतीय व्यवसायी अम्बानीले रिलायन्स जियो र रिलायन्स रिटेल आगामी केही वर्षहरूमा सूचीबद्ध हुने भनेका थिए।

एशियाका सबैभन्दा धनी व्यक्ति अम्बानीले विगत केही वर्षहरूमा आफ्नो टेलिकम, डिजिटल र रिटेल व्यवसायका लागि करिब २५ बिलियन डलर जुटाएका छन्। अबु धाबी इन्भेष्टमेन्ट अथोरिटी, केकेआर र जनरल एट्लान्टिकले रिलायन्सका यी एकाइहरूमा लगानी गरेका छन्। कम्पनीको योजनाको बारेमा जानकारी राख्ने दुई स्रोतले बताएअनुसार रिलायन्स जियोको आईपीओ अर्को वर्ष लन्च गर्न सक्नेछ। यद्यपी यस दूरसञ्चार इकाईको मूल्याङ्कनका सम्बन्धमा कुनै निर्णय नभएको स्रोतले जनाएको भारतीय मिडियाले रिपोर्ट गरेको छ।

रिलायन्स जियोका करिब ४७.९ करोड सब्सक्राइबर छन्। इन्भेष्टमेन्ट बैंकिङ फर्म जेफरीजले जुलाईमा यस कम्पनीको करिब ११२ अर्ब डलर मुल्यांकन गरेको थियो। आरआईएलले फाइभजी कनेक्टिभिटी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा द्रुत गतिमा अगाडि बढ्ने तयारी गरेको छ। हालै कम्पनीले नयाँ जियो टिभी ओएस र एआईसँग सम्बन्धित धेरै सेवाहरू घोषणा गरेको थियो। रिलायन्स जियोले फाइभजी र सिक्सजी प्रविधिहरूमा ३५० भन्दा बढी पेटेन्टहरू प्राप्त गरिसकेको छ।

रिपोर्टअनुसार, भारतमा सञ्चालन हुने ५जी रेडियो सेलहरू मध्ये ८५ प्रतिशत भन्दा बढी जियोका छन्। कम्पनीले आफ्ना १३ करोडभन्दा बढी ग्राहकहरूलाई ट्रू फाइभजी नेटवर्कमा अपग्रेड गरेको छ। गत वर्ष सुरु गरिएको कम्पनीको ५जी आधारित ब्रोडब्यान्ड सेवा जियोएयर फाइबरका ग्राहकको संख्या झण्डै १० लाख पुगेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार