Technology Khabar २३ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
सामसङले भर्खरै चीनमा फरक नामको साथ ग्यालेक्सी जेड फोल्ड स्पेशल एडिसन लन्च गरेको छ। सामसङ डब्ल्यू२५ भनिने नयाँ डिजाइनमा ल्याइएको यस फोल्डेबलमा गोल्डेन एक्सेन्टहरू हिन्ज, फ्रेम र क्यामरा लेन्सहरू जस्ता फोनको वरिपरि जताततै फेला पार्न सकिने बताइएको छ।
चीनमा गरिएको घोषणामा दुईवटा फोल्डेबलहरू प्रस्तुत गरिएको उल्लेख छ। कम्पनीले डब्ल्यू२५ फ्लिप भनिने ग्यालेक्सी जेड फ्लिप६ लाई पुनः डिजाइनको साथ लन्च गरेको छ।
डब्ल्यू२५ (दक्षिण कोरियामा ग्यालेक्सी जेड फोल्ड स्पेशल एडिसनको रूपमा बिक्री गरिने) यसको ठूलो स्क्रिन, पातलो प्रोफाइल र २०० मेगापिक्सेलको मुख्य क्यामरा भएको विश्वव्यापी रूपमा उपलब्ध ग्यालेक्सी जेड फोल्ड६ भन्दा धेरै पालिश फोल्डेबल भएको उल्लखे गरिएको छ।
मूल रूपमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज (भण्डारण) को साथ लन्च गरिएको भेरियन्ट चीनमा भने १टीबी संस्करणमा पनि आउने थप उल्लेख गरिएको छ।
डब्ल्यू२५ फ्लिप ठ्याक्कै ग्यालेक्सी जेड फ्लिप६ जस्तै भएको र यो स्न्यापड्र्यागन ८ जेन ३ को लागि ग्यालेक्सी चिपसेट, १२ जीबी र्याम र २५६ जीबी वा ५१२ जीबी स्टोरेज २५ वाट चार्जिङको साथ आउने उल्लेख गरिएको छ।
यी दुवै डिभाइसरू ब्ल्याक गोल्ड प्रिमियम गिफ्ट बक्समा २५ वाटको चार्जर र नक्कली छालाबाट बनेको केसमा आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
सामसङ चीनले यी दुई फोल्डेबलको मूल्य अझै घोषणा गर्न बाँकी नै रहेको बताइएको छ। डब्ल्यू२५ को मूल्य १६,९९९ चिनियाँ युआन (लगभग २,४०० अमेरिकी डलर/२,२०० यूरो) बाट सुरु हुने अपेक्षा गरिएको छ भने डब्ल्यू२५ फ्लिपको लागत कम्तिमा ९,९९९ चिनियाँ युआन (१,४०० अमेरिकी डलर/१,३००यूरो) हुने अनुमान गरिएको छ। साथै यी फोनहरू चीन बाहिर लन्च हुने सम्भावना निकै कम रहेको थप उल्लेख गरिएको छ।
प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार