एप्पलले आफ्नो सस्तो भिजन प्रो हेडसेटका लागि सामसङको फोल्डेबल डिस्प्ले प्रविधि प्रयोग गर्न सक्ने

Technology Khabar २३ कार्तिक २०८१, शुक्रबार

एप्पलले आफ्नो सस्तो भिजन प्रो हेडसेटका लागि सामसङको फोल्डेबल डिस्प्ले प्रविधि प्रयोग गर्न सक्ने
Global IME Bank

काठमाडौं ।

एप्पल अझै किफायती एप्पल भिजन प्रो हेडसेटको सर्वोत्तम डिजाइन बनाउने प्रयासमा छ, र यसका लागि उसले २०२७ भन्दा परको समयसीमा निर्धारण गरेको छ। कम्पनी o;sf nful विभिन्न डिस्प्ले प्रविधिहरू विचार गरिरहेको रिपोर्टमा उल्लेख छ।

हालको भिजन प्रोमा सोनी द्वारा निर्मित ‘ओएलईडी अन सिलिकन’ प्यानल प्रयोग भएको छ, जसको पिक्सेल घनत्व ३,३९१ पीपीआई छ। किफायती हेडसेटको लागि यो प्राविधिक विकल्प उपयुक्त छैन त्यसैले एप्पलले दुई फरक प्रविधिहरू मध्ये छनोट गर्नुपर्ने भएको छ।

जीएसएमएरिनाका अनुसार पहिलो प्रविधि डब्लू-ओएलईडी+सीएफ हो। यो व्हाइट ओएलईडी बोर्डलाई कलर फिल्टर (रातो, हरियो र नीलो रंग निर्माण गर्नका लागि) को साथ बनाइएको हो, जुन सिलिकनको सट्टा गिलासको प्लेटमा निर्माण गरिन्छ।

तर रंग फिल्टर बनाउन दुई तरिकाहरू छन्। पारम्परिक विकल्पमा दोस्रो गिलासको पानामा रंग फिल्टर बनाइन्छ। यो विधि धेरै समयदेखि प्रयोग हुँदै आएको छ तर यसमा अर्को गिलास पाना थप हुँदा डिस्प्ले मोटाइ बढ्छ।

एप्पलले  झुकाव देखाएको विकल्प भनेको पहिलो शिशाको पानाको थिन फिल्म एन्क्याप्सुलेशन (टीएफई) मा रंग फिल्टर निर्माण गर्नु हो, जसले दोस्रो गिलास पानाको आवश्यकता हटाउँछ।

यो प्रविधि प्रयोग गर्दै सामसङले आफ्ना फोल्डेबल फोनहरूको स्क्रिन बनाउँदै आएको छ र किफायती भिजन हेडसेटको लागि डिस्प्ले आपूर्तिकर्ताको रूपमा सामसङ एप्पलको प्रमुख विकल्प बन्न पुगेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

तर केही चुनौतीहरू छन्। यद्यपि एप्पलको लक्ष्य महँगो भिजन प्रो भन्दा आधा पिक्सेल घनत्वमा ल्याउने छ (१,५०० पीपीआईको सट्टा ३,३९१), यो अझै फोल्डेबल स्क्रिनहरूको साधारण घनत्व भन्दा धेरै माथि छ। ग्यालेक्सी जेड फ्लिप६ को सबैभन्दा घना डिस्प्ले ४२६ पीपीआई छ जुन आवश्यक घनत्वको लगभग एक तिहाइ मात्र हो।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार