Technology Khabar २२ कार्तिक २०८१, बिहीबार
काठमाडौं ।
मास्टरकार्डले मंगलबार ‘मास्टरकार्ड पे लोकल’ सेवा सुरु गरेको घोषणा गरेको छ। एउटा नयाँ विश्वव्यापी सेवा जसले एशिया-प्रशान्त, ल्याटिन अमेरिका, पूर्वी युरोप, र मध्य पूर्व र अफ्रिकाका डिजिटल वालेट प्रयोगकर्ताहरूलाई यात्रा गर्दा स्थानीय रूपमा भुक्तानी गर्न सक्षम बनाउँछ।
यो सेवाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई उनीहरूको क्रेडिट वा डेबिट कार्डलाई उनीहरूको डिजिटल वालेटमा लिङ्क गर्न र डिजिटल वालेट भुक्तानीहरू स्वीकार गर्ने कुनै पनि सहभागी व्यापारीसँग तुरुन्तै किनमेल गर्न सक्षम बनाउँछ, र यसको लागि प्रिपेड खाता सेटअप वा टपअप गर्न आवश्यक पर्दैन्।
सिंगापुर फिनटेक फेस्टिभल अघि सेवाको घोषणा गर्दै, मास्टरकार्डले घोषणा गरेको सेवा एशिया-प्रशान्तमा ३ करोड ५० लाख भन्दा बढी व्यापारीहरूमा पुग्नेछ।
सेवाले बासिन्दा र यात्रुहरूलाई समान रूपमा सुक्ष्म, साना र मझौला उद्यमहरू (एमएसएमईज) लाई भुक्तानी गर्न सक्षम बनाउँछ जसले परम्परागत कार्ड भुक्तानीहरू स्वीकार गर्दैनन्, जसले गर्दा ती एमएसएमईहरूलाई थप पहुँच दिने मास्टरकार्डले भन्यो।
मार्टरकार्डले यो सेवा चीनमा अलिपे र वेईजीन पे, दक्षिणपूर्वी एशियामा ग्राबपे, फिलिपिन्समा माया, सिंगापुरमा शपब्याक र थाइल्याण्डमा ट्रूमनी जस्ता वालेट प्रदायकहरूसँगको विद्यमान सहकार्यमा निर्माण गरेको छ।
प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार