बराहक्षेत्रका युवायुवतीलाई आधारभूत कम्प्युटर तालिम

Technology Khabar २१ कार्तिक २०८१, बुधबार

बराहक्षेत्रका युवायुवतीलाई आधारभूत कम्प्युटर तालिम
Global IME Bank

काठमाडौं ।

बराहक्षेत्रका ग्रामीण क्षेत्रका युवकयुवतीलाई आधारभूत कम्प्युटर तालिम दिएको छ। अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवकयुवतीलाई कम्प्युटर तालिम दिएको हो। बराहक्षेत्र नगरपालिका १० मा रहेका १४ जना युवकयुवतीलाई आधारभूत तीनमहिने कम्प्युटर तालिम दिइएको छ।

युवकयुवतीलाई प्रविधिसँग जोड्ने उद्देश्यले अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम अन्तर्गत आधारभूत कम्प्युटर तालिम गरिएको वडाध्यक्ष तेजबहादुर गुरुङले बताए। गत जेठ १० गतेदेखि तालिम सुरु भएको थियो। तालिममा सहभागी भएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ।

तालिममा सहभागी भएका युवकयुवतीले कम्प्युटरको आधार भूत ज्ञानले मात्र नभएर कम्प्युटर डिप्लोमासम्मको तालिम उपलब्ध गराउन वडासँग माग गरेका छन्। कम्प्युटरसम्बन्धी ज्ञान भए छिटो काम पाउने र रोजगारमा समेत वृद्धि हुने इन्स्टिच्युटका संरक्षक फडिन्द्र अधिकारीले बताए।

आजको गोरखापत्रबाट

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ कार्तिक २०८१, बुधबार

ताजा समाचार