टेस्लाले जर्मनीमा रहेको गीगाफ्याक्ट्रीका कर्मचारीको तलब ४ प्रतिशतले बढायो

Technology Khabar २१ कार्तिक २०८१, बुधबार

टेस्लाले जर्मनीमा रहेको गीगाफ्याक्ट्रीका कर्मचारीको तलब ४ प्रतिशतले बढायो
Global IME Bank

काठमाडौं ।

टेस्लाले नोभेम्बरको सुरुबाट बर्लिनबाहिर रहेको आफ्नो जर्मन गिगाफ्याक्ट्रीमा सबै कर्मचारीहरूको तलब ४% ले बढाएको अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाले मंगलबार जनाएको छ। तलब वृद्धिको घोषणा टेस्लाले १ नोभेम्बरबाट त्यहाँका ५०० अस्थायी कामदारलाई स्थायी जागिर दिने बताएको एक महिनापछि भएको हो।

रोयटर्सका अनुसार ग्रुएनहाइड साइटमा काम गर्ने अवस्थाको लामो समयदेखि आलोचना गर्दै आएको जर्मन युनियन आईजी मेटल सो प्रक्रियामा संलग्न नभएको टेस्लाले थपेको छ। “यो हाम्रो कार्यबलका लागि थप स्वागतयोग्य समाचार हो – विशेष गरी जर्मनीको गाडी उद्योगका धेरै कम्पनीहरूले जागिर कटौती र कारखाना बन्दको बारेमा कुरा गरिरहेका समयमा,” मानव संसाधन निर्देशक एरिक डेम्लरले भने।

टेस्लाको एक मात्र युरोपेली गिगाफ्याक्ट्री ग्रुएनहाइडमा करिब १२,००० कर्मचारीहरू छन्।

यस वर्षको सुरुमा टेस्लाले स्वेच्छिक कर्मचारी कटौती गर्दै त्यहाँको जनशक्ति घटाएको थियो। लागत बचत गर्ने समूहव्यापी प्रयासको रूपमा केही उप-ठेकेदारहरूको ठेक्कालाई पनि नबढाउने निर्णय गरेको थियो।

युरोपको सबैभन्दा ठूलो कार निर्माता, फक्सवागनमा खर्च कटौती गर्ने कार्यक्रमअन्तर्गत कामदारहरूलाई प्रतिस्पर्धी रहन र जागिर जोगाउनका लागि १०% तलब कटौती गर्न आग्रह गरिएकोले जर्मनीका कार निर्माताहरूको अवस्थालाई ध्यानमा राखिएको रोयटर्सले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ कार्तिक २०८१, बुधबार