जापानद्वारा एच३ रकेटमार्फत् सैन्य सञ्चार स्याटेलाइट प्रक्षेपण

Technology Khabar २१ कार्तिक २०८१, बुधबार

जापानद्वारा एच३ रकेटमार्फत् सैन्य सञ्चार स्याटेलाइट प्रक्षेपण
Global IME Bank

काठमाडौं ।

जापानको नयाँ एच३ रकेटले चौथोपटक सोमबार अर्थात् नोभेम्बर ४ को बिहान उडान भरेको छ। तानेगाशिमा स्पेस सेन्टरबाट बिहान १:४८ ईएसटी (०५:४८ जीएमटी; जापानको स्थानीय समयअनुसार बेलुकी ३:४८) मा एच३ ले डीएसएन-३ का नामले चिनिने किरामेकी ३ नामक सैन्य सञ्चार उपग्रह प्रक्षेपण गर्‍यो।

उडान सफल भएको देखिएको छ: किरामेकी-३ निर्धारित रूपमा प्रक्षेपण भएको २९ मिनेटपछि सफलतापूर्वक अन्तरिक्षमा तैनाथ भयो जसले जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (JAXA) द्वारा प्रशारण गरिएको वेबकास्टमा मिशन कन्ट्रोलमा खुसी र हात मिलाउने दृश्यहरू देखाएको स्पेस डटकमले उल्लेख गरेको छ।

दुई-चरणको एच३ जापानको नयाँ मध्यम-वजन लिफ्ट रकेट हो जुन एच-२ए को उत्तराधिकारी हो। एच-२ए करिब दुई दशकको सेवापछि अब सेवा निवृत्त हुने तयारीमा छ र यसको अन्तिम मिसन यसै वर्षको अन्त्यअघि हुने अपेक्षा गरिएको छ।

JAXA र मित्सुबिरी हेभी इण्डस्ट्रिज द्वारा विकास गरिएको ए३ मार्च २०२३ मा मूल रूपमा योजनाभन्दा करिब तीन वर्ष ढिलो गरी पहिलोपटक प्रक्षेपण गरिएको थियो। पहिलो प्रक्षेपण असफल भएको थियो जसमा Advanced Land Observing Satellite-3 (ALOS-3, DAICHI-3 पनि भनिन्छ) लाई गुमाएको थियो।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ कार्तिक २०८१, बुधबार