शाओमी १४ को ग्लोबल भर्जनमा स्टेबल एण्ड्रोइड १५ अपडेट उपलब्ध

Technology Khabar २० कार्तिक २०८१, मंगलवार

शाओमी १४ को ग्लोबल भर्जनमा स्टेबल एण्ड्रोइड १५ अपडेट उपलब्ध
Global IME Bank

काठमाडौं ।

चिनियाँ कम्पनी शाओमीको शाओमी १४ स्मार्टफोनको ग्लोबल भर्जनका प्रयोगकर्ताहरूले एण्ड्रोइड १५ को स्टेबल अर्थात् स्थिर संस्करण प्राप्त गर्न सुरु भएको रिपोर्ट गरिरहेका छन्। यद्यपि सिरिजका कुन फोनहरूले यो अपडेट पाउँदैछन् भन्ने स्पष्ट छैन।

जीएसएमएरिनाका अनुसार अहिलेको लागि यो केवल शाओमी १४ मा सीमित छ र १४ अल्ट्रा केही दिन वा हप्तामा अपडेट प्राप्त गर्ने सम्भावना छ। यो अपडेट ग्लोबल युनिटहरूको लागि हो।

महत्त्वपूर्ण कुरा के हो भने यो कम्पनीको हाइपरओएस २.० मा नभई १.१ लेयरमा आधारित छ। यूरोपेली मालिकहरूका लागि यसको निर्माण नम्बर OS1.1.4.0.VNCEUXM रहेको छ भने अन्य ग्लोबल बजारका लागि OS1.1.3.0.VNCMIXM रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसैबीच चीनमा शाओमीले हाइपरओएस २.० स्थिर बीटा अपडेट वितरण गरिरहेको छ र यो पनि एण्ड्रोइड १५ मा आधारित रहेको जनाइएको छ। यो अपडेट प्रोसमेत समावेश रहेको सबै शाओमी १४ फोनहरू लागि उपलब्ध छ। यसले हाइपरओएस २.० को प्रगतिलाई संकेत गर्छ र यो चाँडै चीनबाहिर पनि उपलब्ध हुने आशा गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय एण्ड्रोइड १५ अपडेटतर्फ फर्कंदा यो अपडेट धेरै परिवर्तनकारी नभए पनि यसले होम स्क्रिन, लक स्क्रिन, र हालैका एपहरूको दृश्य र आन्तरिक अप्टिमाइजेसनहरू ल्याउने उल्लेख गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २० कार्तिक २०८१, मंगलवार

ताजा समाचार