एप्पलद्वारा पहिलो पटक भारतमा आईफोनको प्रारम्भिक निर्माण कार्यको थालनी

Technology Khabar १८ कार्तिक २०८१, आईतवार

एप्पलद्वारा पहिलो पटक भारतमा आईफोनको प्रारम्भिक निर्माण कार्यको थालनी
Global IME Bank

काठमाडौं ।

एप्पलले आईफोन १७ मा प्रारम्भिक निर्माण कार्य भारतको कारखानामा गरिरहेको विश्लेषक मिङ–ची कुओले बताएका छन्। विगतमा भने एप्पलले चीनमा आफ्नो आईफोनको निर्माण कार्य गर्दै आएको थियो। त्यसैगरीद इन्फर्मेशन को लेखले यो कोसेढुङ्गाको महत्त्वलाई प्रकाश पारेको थप उल्लेख गरिएको छ।

एप्पलले अहिले गरिरहेको कार्यलाई “न्यू प्रोडक्सन इन्ट्रोडक्सन” भनिने गरिएको र यसबाट प्रोटोटाइप डिजाइनलाई बृहत् उत्पादनको लागि उपयुक्त वास्तविक उत्पादनमा कसरी परिणत गर्ने भनेर पत्ता लगाइने उल्लेख गरिएको छ।

यसअघि यो काम चीनमा हुँदै आएको थियो। यद्यपि यो प्रो वा प्रो म्याक्सका साथै प्लसलाई प्रतिस्थापन गर्ने नयाँ आईफोन १७ स्लिममा नभएर केवल भेनिला आईफोन १७ मा लागू हुने उल्लेख गरिएको छ।

पूर्ण रूपमा चीनमा निर्भर रहेको हुनाले क्युपर्टिनोले आफ्नो आपूर्ति श्रृंखला विविधीकरण गर्न चाहेको जीएसएमएरिनाले उल्लेख गरेको छ। साथै अहिलेको योजना भनेको उत्पादन क्षमताको २५ प्रतिशत भारतमा सार्ने भएको बताइएको छ।

यसले यसअघिदेखि नै भारतमा भेनिला आईफोनहरू निर्माण गरिरहेको थियो र यो वर्ष यसले आईफोन १६ प्रो युनिटहरू पनि निर्माण गर्न थालेको थियो। त्यसैगरी एप्पलले गत ६ महिनामा ६ बिलियन अमेरिकी डलर मूल्यको भारतमा निर्मित आईफोनहरू निर्यात गरेको ब्लूमबर्गले रिपोर्ट गरेको छ।

आईफोन १६ सिरिज लन्च भएको केही महिना मात्रै भएको छ भने आईफोन १७ अर्को वर्ष आउने छ। यद्यपि लाखौं फोन कसरी बनाउने भनेर पत्ता लगाउनु सजिलो काम भने नभएको उल्लेख गरिएको छ। लीक भएका जानकारीहरूले आईफोन १७ सिरिज कस्तो हुनेछ भनेर एक झलक प्रदान गरिरहेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १८ कार्तिक २०८१, आईतवार