सामसङले स्मार्टफोन बजारमा तेस्रो त्रैमासमा एप्पललाई उछिन्यो: क्यानालिस

Technology Khabar १७ कार्तिक २०८१, शनिबार

सामसङले स्मार्टफोन बजारमा तेस्रो त्रैमासमा एप्पललाई उछिन्यो: क्यानालिस
Global IME Bank

काठमाडौं ।

विश्वव्यापी स्मार्टफोन बजारले बिस्तारै गति लिँदैछ र महामारीपछि यसको उच्चतम तेस्रो त्रैमासिक प्रदर्शनमा पुग्न सफल भएको छ। क्यानालिसका अनुसार कम्पनीहरूले लगभग ३१० मिलियन युनिटहरू ढुवानी गरेको र जुन सन् २०२१ मा जुलाई–सेप्टेम्बर पछिको सबैभन्दा राम्रो परिणाम भएको उल्लेख छ।

उक्त तेस्रो त्रैमासमा सामसङ सबैभन्दा बढी बिक्री हुने ओईम बनेको भए तापनि यसको नेतृत्व साँच्चै भने घटेको छ। एप्पल केवल एक प्रतिशत अंकले पछि परेको छ भने तेस्रो स्थानमा रहेको शाओमी मात्र ४पीपी ले पछि परेको उल्लेख गरिएको छ।

सामसङले आफ्नो इन्ट्री–लेभल लाइनअपलाई स्ट्रिमलाइन गर्न सफल भए तापनि बजार सेयरमा २ अंकले गिरावट आएको बताइएको छ। एप्पल पहिलो स्थानको नजिक आउन सफल भएको र आईफोन १६ सिरिजको डेब्यूले कम्पनीललाई सहयोग पुर्याएको उल्लेख गरिएको छ।

एप्पलले आईफोन १३ र आईफोन १५ जस्ता पुराना युनिटहरू भारतीय बजारमा पठाउन व्यवस्थित गरेको र जसले बजार साझेदारीमा थप सुधार गरेको क्यानालिसले औंल्याएको छ। साथै एप्पलले सन् २०२४ चौथो त्रैमासिकमा पहिलो स्थान लिने अपेक्षाहरू गरिएको भए तापनि एप्पल इन्टेलिजेन्सको ढिलाइका कारण मार्जिन भने सामान्य भन्दा सानो हुने उल्लेख गरिएको छ।

त्यसैगरी शाओमी, ओप्पो र भिभो जस्ता चिनियाँ कम्पनीहरूले भने आफ्नो ढुवानी बढाउन को लागि फरक तरिका अपनाएका छन्। शाओमी आफ्नो खुला बजार उपस्थिति र ब्रान्ड स्टोरहरूमा भर परेको थियो भने ओप्पोले ए३ सिरिजलाई पुनः ब्रान्ड गरेर दक्षिणपूर्व एशियामा १००–२०० अमेरिकी डलर मूल्य खण्डमा सफलता पाएको उल्लेख गरिएको छ।

भिभो भी४० लाईनअप सुरुमा अलि भ्रमित लागे तापनि समान नाम र लुकका पाँच फरक मिडरेन्जरहरूले कम्पनीलाई धेरै बजारहरूमा आफ्नो उपस्थिति बढाउन मद्दत गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १७ कार्तिक २०८१, शनिबार