Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
प्रसिद्ध एप्पल आपूर्ति श्रृंखला विश्लेषक मिङ-ची कुओका अनुसार सन् २०२५ को शरद ऋतुमा आउने आईफोन १७ मा एप्पल आफैंले डिजाइन गरेको वाईफाई-७ चिप प्रयोग गर्ने भएको छ।
यो चिपले हाल वाईफाई र ब्लुटुथका लागि प्रयोग भइरहेको ब्रोडकम चिपलाई प्रतिस्थापन गर्नेछ। एप्पलको वाईफाई-७ चिप टीएसएमसीको ७एनएम प्रोसेसबाट निर्माण गरिनेछ। एप्पलले लगभग तीन वर्षभित्र आफ्ना “लगभग सबै” उत्पादनहरू आफ्नै वाईफाई चिपमा लैजान चाहेको देखिन्छ जसले आपूर्ति लागत घटाउन र थप मुनाफा कमाउन मद्दत गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
एप्पलले आफ्नै फाइभजी चिप पनि बनाइरहेको छ जुन वाईफाई चिपभन्दा फरक हुनेछ र टीएसएमसीको अर्को प्रोसेस प्रविधिबाट निर्माण गरिनेछ। यसलाई पनि अर्को वर्षदेखि क्रमिक रूपमा प्रयोग गर्न सुरु गरिनेछ। एप्पलको आफ्नै फाइभजी मोडेम पहिलो पटक नयाँ आईफोन एसईमा आउनेछ। तर यसमा भने अझै पनि ब्रोडकमको वाईफाई चिप प्रयोग गरिने बताइएको छ।
प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार