विद्युतीय सवारी साधन र एआई निर्माणका लागि ओपोद्वारा बीवाईडीसँग साझेदारी

Technology Khabar १६ कार्तिक २०८१, शुक्रबार

विद्युतीय सवारी साधन र एआई निर्माणका लागि ओपोद्वारा बीवाईडीसँग साझेदारी
Global IME Bank

काठमाडौं ।

शाओमीजस्तै अग्रणी बन्ने लक्ष्य राख्दै चिनियाँ प्रविधि कम्पनी ओपो ले मोबाइल बजार बाहिर पनि आफ्नो उपस्थिति बढाउन चाहन्छ। हालैको घोषणामा ओपोले बीवाईडीसँग सहकार्य गर्ने योजना सार्वजनिक गरेको छ जसमा ओपो स्मार्टफोन प्रविधिलाई बीवाईडीका स्मार्ट कार सिस्टममा एकीकृत गरिनेछ।

यसले ओपो स्मार्टफोनबाटै तपाईंको बीवाईडी विद्युतीय गाडीका विभिन्न पक्षहरू नियन्त्रण गर्न सजिलो बनाउँछ।

यस सहकार्यको पहिलो उपलब्धि ओपोको फाइण्ड एक्स८  सिरिजको बीवाईडीको डेन्जा जेड९ जीटी सेडानसँग एकीकरण हो। अब फाइण्ड एक्स८ का मालिकहरूले आफ्नो जेड९ जीटी अनलक गर्न र केही कार्यहरू नियन्त्रण गर्न सक्नेछन् जसमा भविष्यमा स्मार्टफोन र ईभीबीचको अझ गहिरो एकीकरणको सम्भावना छ।

यो रणनीति अन्य ह्वावे र भिभोजस्ता ठूला कम्पनीहरूले अपनाएको रणनीतिसँग मिल्दोजुल्दो छ किनकि मोबाइल र अटोमोटिभ उद्योगबीचको सम्बन्धको फाइदा लिन कम्पनीहरू लागि परेका छन्।

ओपोको विस्तार ईभीसम्म मात्र सीमित छैन। कम्पनीले अहिले जेनेरेटिभ एआईमा विशेष दक्षता राख्ने स्टार्टअप एआईवेभ्ज लाई पनि खरिद गर्दैछ। एआईवेभ्जले “विभर” नामक ठूलो भाषा मोडेल विकास गरेको छ जसले च्याटजीपीटीजस्तै जेनेरेटिभ एआई सेवा प्रदान गर्न मद्दत गर्छ।

यो खरिदले ओपो लाई एआई-सहायतामा लेखन, उन्नत फोटोग्राफी, र बढी इन्ट्युटिभ प्रयोगकर्ता इन्टरफेस जस्ता विशेषताहरू आफ्ना उपकरणहरूमा समावेश गर्न सक्षम बनाउने रोयटर्सले उल्लेख गरेको छ।

ईभी क्षेत्रसँग सम्बन्धित नभए पनि एआईवेभ्जको एक प्रमुख उत्पादन अंग्रेजीमा फ्रग राइटिङ भनिने “वावा राइटिङ” हो। यो एआई-सञ्चालित लेखन उपकरणले प्रयोगकर्ताहरूलाई मार्केटिङ सामग्री र रचनात्मक लेखन जस्ता विविध लेखन कार्यहरूमा सहयोग गर्छ। च्याटजीपीटीजस्तै सेवा विकसित गर्दै गर्दा फ्रगले केवल १० मिनेटमा १ लाख चिनियाँ शब्द उत्पन्न गर्न सक्छ।

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १६ कार्तिक २०८१, शुक्रबार

ताजा समाचार