टेस्लाले अर्को वर्षदेखि नयाँ र थप किफायती ईभीहरू ‘लञ्च गर्न’ सुरु गर्ने 

Technology Khabar ११ कार्तिक २०८१, आईतवार

टेस्लाले अर्को वर्षदेखि नयाँ र थप किफायती ईभीहरू ‘लञ्च गर्न’ सुरु गर्ने 

काठमाडौं ।

ग्यास मोडेलहरू विरुद्ध इलेक्ट्रिक भेहिकलहरूको अपफ्रन्ट कस्ट (अग्रिम लागत) सँधै नै टेस्लाको लागि सबैभन्दा ठूलो डाउनसाइड हुँदै आएको छ। छुट नकटाउँदा टेस्लाले हाल बिक्री गरिरहेको सबैभन्दा सस्तो कारको मूल्य ४२,४९० अमेरिकी डलर रहेको छ भने कम्पनीको सन् २०२४ मोडेलहरूको औसत केली ब्लू बुक को सुरुवाती मूल्य ४ ६३,००० भन्दा बढी भएको इनग्याजेटले उल्लेख गरेको छ।

टेस्लाले आफ्नो तेस्रो त्रैमासिकमा खुलासा गरेको रिपोर्टमा यसले “अधिक किफायती मोडेलहरू” का साथ नयाँ गाडीहरू प्रस्ताव गर्न “तयारी” गरिरहेको बताएको छ। त्यसैगरी ईभी निर्माताको प्रति गाडी बिक्री गर्ने सामानको लागत पनि ३५,१००० अमेरिकी डलरमा “यसको सबैभन्दा कम स्तर” मा आएको इनग्याजेटले थप उल्लेख गरेको छ।

“अधिक किफायती मोडेलहरू सहित नयाँ गाडीहरूको योजनाहरू सन् २०२५ को पूर्वार्द्धमा उत्पादन सुरु गर्न ट्र्याकमा रहेको छ। यी गाडीहरूले अर्को पुस्ताको प्लेटफर्मका पक्षहरूका साथै हाम्रा हालका प्लेटफर्महरूको पक्षहरू प्रयोग गर्नेछन् र हाम्रो हालको गाडी लाइन–अपको रूपमा समान म्यानुफ्याक्चरिङ्ग लाइनहरूमा उत्पादन गर्न सक्षम हुनेछन्” रिपोर्टमा उल्लेख गरिएको छ।

त्यसैगरी टेस्लाले सन् २०२५ को पूर्वार्द्धमा आफ्ना सस्तो ईभी मोडलहरू “लञ्च गर्न” सुरु गर्ने योजना पनि बनाएको पनि बताइएको छ। यद्यपि यी जानकारीहरु अझै पनि प्रामाणिक नभएका कारण नयाँ मोडेल उही वर्ष ढुवानी गरिनेछ भन्ने कुरोको कुनै ग्यारेन्टी नभएको इनग्याजेटले उल्लेख गरेको छ।

टेस्लाको रिपोर्टमा अर्को आश्चर्य भनेको संख्याहरू भएको उल्लेख गरिएको छ। साइबरट्रकको पाँचौं रिकल र यसको ईभीहरूको फूल सेल्फ–ड्राइभिङ फिचरमा संघीय अनुसन्धानजस्ता अवरोधहरूको बावजुद टेस्लाको तेस्रो त्रैमासिक एकदम बलियो भएको उल्लेख गरिएको छ।

कार निर्माताको खुद आम्दानी ८ प्रतिशतले बढेर २.५१ बिलियन डलर पुगेको छ र बिक्री २ प्रतिशतले वर्षैपिच्छे बढेको छ।

Sajilo Visa

प्रकाशित: ११ कार्तिक २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार