अब सबै सरकारी वेबसाइट एकरुप बनाइने

  • Technology Khabar | ७ कार्तिक २०८१, बुधबार
अब सबै सरकारी वेबसाइट एकरुप बनाइने
File Photo

काठमाडौं ।

सरकारले सबै सरकारी कार्यालयका बेबसाइट समान प्रकृतिका बनाउने भएको छ। सरकारी विभिन्न निकायका वेबसाइट फरक फरक हुँदा बेबसाइटमा एकरूपता नभएपछि सरकारले बेबसाइटलाई एकरूपता कायम गर्न लागेको हो।

सिंहदरबारमा बसेको मन्त्रालयका सचिवहरूको बैठकले सरकारी कार्यालयको बेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय बैठकले गरेको हो।

बैठकले सरकारी इमेलको प्रयोग एवं सुरक्षाका लागि एकीकृत सरकारी इमेल प्रणालीमा हाल देखिएका समस्या समाधान गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि गर्नुपर्ने काम र रणनीतिका सम्बन्धमा सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव संयोजक रहेको कार्यदल गठन गरेको छ भने कार्यदलमा सञ्चार मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रतिनिधि सदस्य र सूचना प्रविधि विभागका महानिर्देशकलाई सदस्य सचिव तोकिएको छ।

प्रकाशित: ७ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ७ कार्तिक २०८१, बुधबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ७ कार्तिक २०८१, बुधबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ७ कार्तिक २०८१, बुधबार