ग्लोबल आइएमई बैंकले गर्यो देशकै ठूलो सौर्य विद्युत परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

Technology Khabar ५ कार्तिक २०८१, सोमबार

ग्लोबल आइएमई बैंकले गर्यो देशकै ठूलो सौर्य विद्युत परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेक हुन्।

समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्ने छ।

उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी गराएका थिए।

यो परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कुल जडित क्षमताको आयोजनाहरुमा समेत लगानी रहेको हुँदा यो सौर्य उर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह रहेको ग्लोबल आईएमई बैंकको दावी छ।

बैंकका अनुसार नेपालमा सञ्चालित सौर्य परियोजनाहरु मध्ये उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना हो। बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रसारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको बताएको छ।

ग्लोबल आइएमई बैंकका अनुसार यो मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

Sajilo Visa

प्रकाशित: ५ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार