Technology Khabar ४ कार्तिक २०८१, आईतवार
काठमाडौं ।
गुगलले एन्ड्रोइड १५ लन्च गरेको छ। एन्ड्रोइड १५ को साथ, गुगलले आफ्ना प्रयोगकर्ताहरूका लागि धेरै नयाँ उन्नत सुरक्षा सुविधाहरू प्रस्तुत गरेको छ। यी मध्ये एक ‘थेप्ट डिटेक्सन लक’ अर्थात फोन चोरी भएको पत्ता लगाउने र आफैं लक गर्ने सुविधा हो। यो एक उन्नत सुरक्षा सुविधा हुन गइरहेको छ।
फोन चोरी भएको अवस्थामा, यसमा फोन आफैं लक गर्न सक्ने क्षमता छ। साथै, ‘अफलाइन डिभाइस लक’ र ‘रिमोट लक’ नामक दुई अन्य सुरक्षा सुविधाहरू पनि रोल आउट गरिएको छ।
यो सुविधाले कसरी काम गर्छ जान्नुहोस्
एन्ड्रोइड १५ का साथमा आउने ‘थेप्ट डिटेक्सन लक (Theft Detection Lock)’ सुविधाको बारेमा कुरा गर्दा, यसको नामले नै फोन चोरी भएपछि यसले कसरी काम गर्छ भन्ने बताउँछ। यो फिचरले फोन चोरी भएपछि पूर्णरूपमा फोनलाई लक गर्नेछ, जसले गर्दा चोरहरूले फोनमा रहेको डाटा प्रयोग गर्न सक्ने छैनन्।
गुगलले यस सुविधाको बारेमा विस्तृतमा जानकारी दिएको छ। यदि कसैले तपाइँको फोन चोरेर भाग्छ भने, यो सुविधाले तपाइँको फोनलाई स्वचालित रूपमा त्यो क्षणलाई आफैंले बुझेर लक गर्नेछ। यस्तो अवस्थामा तपाईँको फोनमा कसैले पहुँच गर्न सक्नेछैन र फोन पूर्ण रूपमा लक हुनेछ।
कम्पनीले यो सुविधा चाँडै सबै एन्ड्रोइड डिभाइसहरूमा उपलब्ध हुने जनाएको छ। यद्यपि, यो सुविधाले ‘एन्ड्रोइड गो’मा आधारित रहेर काम गर्ने फोन र ट्याबहरूमा काम गर्ने छैन।
अफलाइन डिभाइस लक र रिमोट लक
यससँगै कम्पनीले अफलाइन डिभाइस लक र रिमोट लक नामक दुई अन्य फिचर पनि जारी गरेको छ। अफलाइन डिभाइस लकमा, यदि तपाईंको फोन लामो समयसम्म अफलाइन रह्यो भने, यो सुविधाले तपाईंको उपकरण स्वतः लक गर्छ। यसैगरी, रिमोट लकमा, तपाईले फोन चोरी भएको अवस्थामा अर्को फोनबाट चोरी भएको फोनलाई ‘लक’ गर्न सक्नुहुन्छ।
प्रकाशित: ४ कार्तिक २०८१, आईतवार