नासाले यसकारण अर्को एक दिन पछाडि सारेको थियो बृहस्पति ग्रहमा पठाउने यूरोपा क्लिपरको प्रक्षेपण

Technology Khabar २९ आश्विन २०८१, मंगलवार

नासाले यसकारण अर्को एक दिन पछाडि सारेको थियो बृहस्पति ग्रहमा पठाउने  यूरोपा क्लिपरको प्रक्षेपण
Global IME Bank

काठमाडौं ।

नासाले आफ्नो बृहस्पतिमा पठाइने अर्को प्रमुख मिशन यूरोपा क्लिपरको प्रक्षेपण कम्तीमा एक दिन पछाडि सारेको थियो। हरिकेन मिल्टनले फ्लोरिडाको प्रक्षेपण स्थलमा असर पारेपछि अन्तरिक्षयानको तयारी सुनिश्चित गर्न आवश्यक ठहरिएकोले स्पेसएक्ससँगको सहकार्यमा थप जाँचहरू गर्नका लागि यसो गरिएको स्पेस डट कमले उल्लेख गरेको छ।

यो मिशनलाई युरोपा क्लिपर नाम दिइएको जुन बृहस्पतिका हिउँले ढाकिएको चन्द्रमा युरोपामा पठाउन सोमबार कमसेकम (अक्टोबर १४) भन्दा पहिले प्रक्षेपण नगरिने तय गरिएको हो।

प्रक्षेपण नासाको केनेडी स्पेस सेन्टरको प्याड ३९A बाट स्पेसएक्सको फाल्कन हेभी रकेटको माध्यमबाट गरियो। यो प्रक्षेपण पहिले अक्टोबर १० का लागि तय गरिएको थियो तर हरिकेन मिल्टनको कारणले अक्टोबर १३ सम्मका लागि र थप जाँचका कारण अर्को एक दिनसम्म सारिएको थियो। सोही अनुरुप यो हिजो अर्थात् अक्टोबर १४ मा प्रक्षेपण गरियो।

“हरिकेन मिल्टनपछि, टोलीहरूले उडानको तयारी सुनिश्चित गर्न जाँचहरू जारी राखेका छन्,” नासाले अक्टोबर ११, शुक्रबार दिउँसो जानकारी दिएको छ। युरोपा क्लिपरलाई यो प्रक्षेपण विण्डोमा पठाउन मिशनका प्रबन्धकहरूले नासासँग नोभेम्बर २ सम्मको समय रहेको बताएको छ।

युरोपा क्लिपर एउटा ५ अर्ब डलरको मिशन हो, जसले बृहस्पतिको हिउँले ढाकिएको चन्द्रमा युरोपामा पानीका गीजरहरू जस्ता संरचनाहरूको अध्ययन गर्नेछ, जहाँ विशाल भूमिगत नुनिलो महासागर रहेको अनुमान छ, जसमा पृथ्वीका सबै महासागरभन्दा धेरै पानी हुनसक्छ।

मिशन वैज्ञानिकहरूले युरोपाको महासागर कत्तिको जीवयोग्य हुन सक्छ भनेर पत्ता लगाउने आशा गरेका छन्। यसका लागि युरोपा क्लिपरमा चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्र, बृहस्पतिसँगको अन्तर्क्रिया, र युरोपाको हिउँमुनि रहेको महासागरको अध्ययन गर्ने उपकरणहरू राखिएका छन्। यदि सबै योजना अनुसार भएमा, युरोपा क्लिपर अप्रिल ११, २०३० मा युरोपामा पुग्नेछ।

तर युरोपा क्लिपरलाई सबैभन्दा पहिले सफलतापूर्वक प्रक्षेपण गरिनु पर्छ, र यो नासाको केनेडी स्पेस सेन्टर (केएससी), केप क्यानाभेरल, फ्लोरिडामा रहेको अवस्थाको आधारमा निर्भर हुनेछ। हरिकेन मिल्टनले त्यहाँ थोरै क्षति पुर्‍याएको छ। प्रारम्भिक मूल्याङ्कनमा केन्द्रलाई सामान्य क्षति पुगेको देखिएको नासाका अधिकारीहरूले बताएका छन्।

केएससीका अधिकारीहरूले शुक्रबार साँझ एक्स (पहिले ट्विटर) मा लेखेका थिए, “क्षति मूल्याङ्कन र पुनःस्थापन टोलीले केन्द्र र यसका सुविधाहरूको मूल्याङ्कन पूरा गरेको छ, र कर्मचारीहरू सुरक्षित रूपमा फर्केर काम गर्न सक्ने निष्कर्ष निकालेको छ।”

त्यहाँ देखिएको क्षति सामान्य र नियन्त्रण योग्य भएको बताइएको छ, जसमा क्षतिग्रस्त ओनिङ र ढोकाहरू तथा ट्राफिक बत्तीहरूमा असर परेको छ। केएससीका अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरहरूमा भवनको बाहिरी भागमा क्षति र उल्टिएको ट्रक ट्रेलर देखिएको छ।

नासा र स्पेसएक्सले युरोपा क्लिपरको प्रक्षेपण अक्टोबर १४ मा प्रत्यक्ष प्रसारण गरेका थिए।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २९ आश्विन २०८१, मंगलवार

ताजा समाचार