Technology Khabar २५ आश्विन २०८१, शुक्रबार
काठमाडौं ।
अमेजनले बुधबार बताए अनुसार यो महिनाको अन्त्यमा एप्पल टीभी+ प्राइम भिडियोमा उपलब्ध हुनेछ। अमेरिकामा यसको मासिक शुल्क ९.९९ डलर हुनेछ।
यसले स्ट्रिमिङ प्रतिद्वन्द्वीहरू नेटफ्लिक्स, डिज्नी+ र प्राइम भिडियोभन्दा पछाडि परेको आइफोन निर्माता एप्पललाई फाइदा पुर्याउने रोयटर्सले उल्लेख गरेको छ।
टेड लासो, द मर्निङ शो र सेभरन्स जस्ता ओरिजिनल सिरिजहरूको लागि प्रख्यात एप्पल टीभी+ स्ट्रिमिङ सेवाले यसको आफ्नै सामग्रीमा ध्यान केन्द्रित गरेर फरक बनाएको छ। यो रणनीतिले उसलाई ७२ वटा एमी अवार्ड नामांकनहरू जित्न मद्दत गरेको छ।
तर एप्पल टीभी+ ती स्ट्रिमिङ प्लेटफर्महरूमा पर्छ जहाँ धेरै ग्राहकहरूले आफ्नो सदस्यता रद्द गर्ने गरेका छन्। मार्केट अनुसन्धान कम्पनी एटेनाका अनुसार नेटफ्लिक्समा भने सबैभन्दा कम सदस्यता रद्द गर्ने दर रहेको छ।
अमेजनले एप्पल टीभी+ लाई प्राइम भिडियोमा च्यानलको रूपमा थप्नेछ जहाँ अन्य स्ट्रिमिङ सेवाहरू जस्तै एचबीओ म्याक्स, डिस्कभरी+, स्टार्ज, शो टाइम र प्यारामाउन्ट+ पहिले नै उपलब्ध छन्।
प्रकाशित: २५ आश्विन २०८१, शुक्रबार