त्रिभुवन विमानस्थलमा विदेशी सिमकार्ड बिक्री गर्ने पसल सञ्चालन गर्न टेण्डर आह्वान

Technology Khabar २१ आश्विन २०८१, सोमबार

त्रिभुवन विमानस्थलमा विदेशी सिमकार्ड बिक्री गर्ने पसल सञ्चालन गर्न टेण्डर आह्वान
Global IME Bank

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नागरिक उड्डयन कार्यालयले आधिकारिक विदेशी सिमकार्ड बिक्री गर्ने पसल सञ्चालन गर्ने भएको छ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी विदेशी सिमकार्ड बिक्री गर्ने पसल सञ्चालन गर्न इच्छुक व्यक्ति वा संस्थालाई सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान तर्फ चेक इन एरिया बी तर्फ नव निर्मित चार ओटा पसलहरु मध्ये पसल नम्बर ७ ले ओगटेको १२.४२ व.मि. क्षेत्रफलमा उक्त पसल राखिने कार्यालयले उल्लेख गरेको छ।

‘आधिकारिक विदेशी सिमकार्ड विक्री पसल सञ्चालनको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट सो सम्बन्धी कारोबार गर्न इजाजत प्राप्त गरेका इच्छुक व्यक्ति/संस्था/ फर्म/कम्पनीले प्रचलित कानूनको अधिनमा रही बोलपत्र दाखिला गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

यसबाहेक यो सूचना विस्तृत रुपमा प्राधिकरणको वेबसाइट www.caanepal.gov.np र कार्यालयको वेबसाइट www.tiairport.com.np मा उपलब्ध रहेको पनि जनाइएको छ।

यसबारे थप विवरण यस प्रकार छ:

सि नं विवरण क्षेत्रफल (व.मि.) बोलपत्र फाराम दस्तुर न्यूनतम बहाल रकम (५) वर्षका लागि बोलपत्र खरिद गर्ने अन्तिम मिति बोलपत्र खोलिने मिति बोलपत्र खोलिने मिति
आधिकारिक विदेशी सिमकार्ड १२.४२ ५६५०/- रु. ४,९१,२०,१९५ /- (अक्षेरेपी चार करोड एकानब्बे लाख बीस हजार एक सय पन्चानब्बे सूचना प्रकाशित भएको मितिले ३० भएको मितिले (तीस) औ दिनको कार्यालय समयभित्र सूचना प्रकाशित । ३१ औ दिनको १२.०० बजे बोलपत्र दाखिला गर्ने अन्तिम दिनको १४.०० बजे
Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ आश्विन २०८१, सोमबार

ताजा समाचार