एकैपटक धेरै डिभाइस प्रयोग गर्ने पेशेवर कर्मचारीमा मानसिक भार थपिएको अनुसन्धानको दावी

Technology Khabar १८ आश्विन २०८१, शुक्रबार

एकैपटक धेरै डिभाइस प्रयोग गर्ने पेशेवर कर्मचारीमा मानसिक भार थपिएको अनुसन्धानको दावी
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरद्वारा गरिएको नयाँ अध्ययनले युरोपभरका पेशेवर कर्मचारीहरूमा आधुनिक प्रविधिले निम्त्याएको बढ्दो तनावलाई उजागर गरेको छ।

८ हजार कार्यालय कर्मचारीहरूमा गरिएको सर्वेक्षणमा ‘धेरैले उनीहरूले दैनिक सामना गर्ने डिभाइसहरू र नोटिफिकेसन (सूचना) हरूको संख्याबाट विचलित महसुस गरिरहेका छन्’ भनी अनुसन्धानले पत्ता लगाएको एक रिपोर्टमा भनिएको छ।

औसत कार्यालय कर्मचारी दिनभर तीन डिभाइसहरूमा निर्भर हुने

औसतमा कामदारहरू ल्यापटप, ट्याब्लेट, हेडफोन र कहिलेकाहीँ मल्टिपल (धेरैओटा) फोनहरू सहित आफ्नो कार्यको लागि दिनभरमा तीनओटा डिभाइसहरूमा निर्भर हुने उल्लेख गरिएको छ।

यी ग्याजेटहरू तिनीहरूको जीवनको अभिन्न अंग बनिसकेको अवस्थामा तिनीहरूले तनाव पनि निम्त्याएको र २५ प्रतिशत उत्तरदाताहरूले उनीहरूले प्राप्त गरेको सूचनाहरूको संख्याबाट ओभरह्वेल्म्ड (विचलित) महसुस गर्ने गरेको उल्लेख गरिएको छ।

यसबाहेक, ७ मध्ये १ ले उनीहरूले दैनिक ३० वटा नोटिफिकेसन (सूचना) हरू ह्यान्डल गर्ने बताएका छन्। साथै यसले ध्यान केन्द्रित गर्न र कार्यहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्न गाह्रो बनाउने भनि बताएको थप उल्लेख गरिएको छ।

धेरै पेशेवर कर्मचारीहरूले कार्यालयमा र बाहिर धेरै डिभाइसहरू बोक्ने गरेको बताएका छन्। आश्चर्यजनक तवरमा ६७ प्रतिशतले हाइब्रिड काम गर्ने मोडलहरूले उनीहरूलाई थप प्रविधिको ढुवानी गर्न नेतृत्व गरेको कुरा पत्ता लगाएको र यात्रुहरूले आफ्नो झोलामा औसत ४.१ किलोग्राम बोक्ने गरेको जनाइएको छ जुन एयर फ्राइरको तौल बराबर हुने भनि उल्लेख गरिएको छ।

यसले १२ प्रतिशत उत्तरदाताहरू बीच चिन्ता बढाएको जनाइएको छ जो यति धेरै प्रविधिको वरिपरि लगिङ्गको सम्भावित नकारात्मक स्वास्थ्य प्रभावहरूको बारेमा चिन्ता गरेका छन्।

त्यसैगरी अनुसन्धानहरूले थप सुव्यवस्थित प्राविधिक अनुभवको लागि स्पष्ट माग पनि देखाएको छ।

सर्वेक्षण गरिएका मध्ये ५२ प्रतिशतले आफ्नो ग्याजेटहरूको एरेलाई प्रतिस्थापन गर्न सक्ने एकल डिभाइसको लागि प्रिमियम तिर्न इच्छुक रहेको बताए भने छन् ५ मध्ये १ ले आफ्ना सबै आवश्यकताहरूको लागि एउटा मात्र डिभाइस बोक्ने इच्छा व्यक्त गरेका छन्।

फोल्डेबल फोनहरू जस्तै अनर म्याजिक भी३ एक आकर्षक समाधान जस्तो देखिन्छ भनी ७ मध्ये १ उत्तरदाताहरूले यस्तो डिभाइसले आफ्नो जीवनलाई सरल बनाउने विश्वास गरेको जनाइएको छ।

अनर ईयूका अध्यक्ष, टोनी रनले निष्कर्षको बारेमा प्रतिक्रिया दिँदै पेशेवर कर्मचारीहरू “शाब्दिक र लाक्षणिक रूपमा” उनीहरूको डिभाइसद्वारा बोझमा परेका बताएका छन्।

उनले प्रविधि त्याग्नु विकल्प नभई मानसिक भार कम गर्ने वा घटाउनको लागि इनोभेसन (नवप्रवर्तन) महत्वपूर्ण रहेकोमा जोड दिए। साथै स्लिम र हल्का तौल निर्माणको साथ डिजाइन गरिएको अनर म्याजिक भी३ ले मल्टिपल (धेरै) ग्याजेटहरूको आवश्यकतालाई कम गर्दै टिकाऊ, मल्टि–फङ्गङ्गनल (बहु–कार्यात्मक) डिभाइस प्रदान गरेर यो आवश्यकता पूरा गर्ने लक्ष्य राखेको जनाइएको छ।

यो अध्ययनले आधुनिक कार्य जीवनको मागहरू व्यवस्थापन गर्नलाई सरल, थप एकीकृत प्रविधि समाधानहरू खोज्नेतर्फ पेशेवर कर्मचारीहरू बीच बढ्दो प्रवृत्तिलाई जोड दिएको रिपोर्टले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १८ आश्विन २०८१, शुक्रबार

ताजा समाचार