Technology Khabar १८ आश्विन २०८१, शुक्रबार
काठमाडौं ।
एप्पलले नयाँ आईफोन एसईमा काम गरिरहेको जनाइएको छ। साथै सस्तो मूल्य संस्करणको यो डिभाइस कम्पनीले सन् २०२५ को सुरुवतामा लन्च गर्ने उल्लेख गरिएको छ।
यो जानकारी ब्लूमबर्गको मार्क गर्मनबाट आएको र उनले म्याजिक किबोर्डको अद्यावधिक संस्करणको साथ दुई नयाँ आईप्याड एयर मोडेलहरू पनि आउँदै रहेको थप उल्लेख गरेको जनाइएको छ।
आगामी चौथो आईफोन एसई आईफोन १४ मा आधारित हुने जनाइएको छ। यसको मतलब एप्पलले होम बटन छोडेर फेस आईडी थप्ने उल्लेख गरिएको छ।
त्यसैगरी फोनमा कम्पनीको पछिल्लो चिपसेटहरू मध्ये एक समावेश गरिने भएकाले यसले एप्पल इन्टेलिजेन्स पनि पाउन सम्भावना रहेको उल्लेख गरिएको छ।
यसबाहेक सन् २०२५ को योजनाहरूमा एम४ चिपको साथमा सुधारिएको म्याक मिनि, अद्यावधिक गरिएको म्याकबुक प्रो र आईम्याकहरू समावेश रहेको जनाइएको छ।
साथै प्लेटफर्मले नयाँ म्याकबुक एयर, म्याक स्टुडियो र म्याक प्रो डिभाइसहरूमा पनि पहुँच गर्ने थप उल्लेख गरिएको छ। यद्यपि, हालको आईप्याड प्रोको संस्करण पहिले नै “एक पुस्ता अगाडि” रहेको हुनाले सन् २०२५ मा नयाँ आईप्याड प्रो भने देखा नपर्ने गुरम्यानले जनाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ आश्विन २०८१, शुक्रबार