Technology Khabar १६ आश्विन २०८१, बुधबार
काठमाडौं ।
एनभिडिया, गुगल र बीएमडब्ल्यू लगायतका कम्पनीका उच्च अधिकारीहरूले अर्को हप्ता आफ्नो वार्षिक प्राविधिक फोरममा बोल्ने फक्सकन मंगलबार बताएको छ।
एप्पलको आइफोनको मुख्य एसेम्बलरका रुपमा रहेको फक्सकनले हरेक अक्टोबरमा नयाँ उत्पादनहरू र साझेदारीहरू घोषणा गर्न टेक डे आयोजना गर्छ।
गत वर्ष एनभिडियाका सीईओ जेन्सेन हुआङ्ग यस कार्यक्रममा आएका थिए र दुवै कम्पनी मिलेर “एआई कारखाना” निर्माण गर्ने घोषणा गरेका रोयटर्सले उल्लेख गरेको छ।
कार्यक्रममा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता, विद्युतीय सवारी साधन र डिजिटल स्वास्थ्य व्यवस्थापन जस्ता विषयहरूमा बोलेका थिए, फक्सकनका प्रवक्ता जेम्स वुले पत्रकारहरूलाई बताए।
तर उनले ताइवानमा जन्मिएका हुआङ्ग यस वर्ष पनि उपस्थित हुने वा नहुनेबारे पुष्टि गर्न अस्वीकार गरे। “कृपया प्रतीक्षा गर्नुहोस्,” वुले भने।
फक्सकनले टेक डेमा दुई नयाँ विद्युतीय सवारी साधनको मोडेल पनि सार्वजनिक गर्ने बताएको छ।
औपचारिक रूपमा होन हाई प्रेसिजन उद्योग भनेर चिनिने फक्सकन व्यक्तिगत कम्प्युटर र स्मार्टफोन एसेम्बलिङमा पाएको सफलतालाई विद्युतीय सवारी साधन निर्माणमा पनि दोहोर्याउन चाहन्छ।
प्रकाशित: १६ आश्विन २०८१, बुधबार