Technology Khabar १४ आश्विन २०८१, सोमबार
काठमाडौं ।
शाओमीले बर्लिनमा एउटा ठूलो प्रडक्ट लन्च सम्मेलन आयोजना गर्दै नयाँ शाओमी १४टी र १४टी प्रो स्मार्टफोनहरू आधिकारिक रुपमा डेब्यू गरेको छ।
साथै उक्त कन्फरेन्समा फोनहरूका साथै शाओमी स्मार्ट ब्यान्ड ९ र शाओमी बड्स ५ ले विश्वव्यापी डेब्यू गरेको जनाइएको छ।
ब्यान्ड ९ र बड्स ५ गत जुलाईमा चीनमा घोषणा गरिएको थियो। साथै ब्यान्ड ९ ले यसअघि अगस्टमा युरोपेली डेब्यू गरिसकेको छ भने यसको मूल्य ३९ यूरो रहेको उल्लेख गरिएको छ।
ब्यान्ड ९ मा १.६२ इन्चको एएमओएलईडी (६० हर्ट्ज रिफ्रेस रेट, १,२००–निट पीक ब्राइटनेस), सुधारिएको हार्ट रेट सेन्सर, एल्युमिनियम अलोय फ्रेम र २१ दिनको ब्याट्री लाइफ रहेका जनाइएको छ।
यसले हार्ट रेट, रक्त अक्सिजन स्याचुरेसन, निद्रा, तनाव, र १५० भन्दा बढी खेल मोडहरू ट्र्याक गर्दछ।
शाओमी बड्स ५ मा ११मिमी डुअल–म्याग्नेट ड्राइभर्स, हरमन अडियोईएफएक्स साउन्ड ट्युनिङ र ३९ घन्टाको कुल लिसनिङ्ग टाईमको साथमा सेमी–इन इयर डिजाइन रहेको छ।
यसबाहेक यसले क्वालकमको एप्टएक्स लसलेस अडियो कोडेक र प्याक एक्टिभ नोइज क्यानलेसन (एएनसी) को साथै आईपी५४ इनग्रेस सुरक्षालाई समर्थन गर्ने उल्लेख गरिएको छ।
शाओमी बड्स ५ को मूल्य ९९ यूरो हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ आश्विन २०८१, सोमबार