रेडमी नोट १४ फाइभजी चीनमा डेब्यु, पूर्ववर्तीको तुलनामा थप अपग्रेड समावेश

Technology Khabar १३ आश्विन २०८१, आईतवार

रेडमी नोट १४ फाइभजी चीनमा डेब्यु, पूर्ववर्तीको तुलनामा थप अपग्रेड समावेश

काठमाडौं ।

शाओमीले चीनमा रेडमी नोट १४ सिरिज अनावरण गरेको छ। नोट १४ प्रो र प्रो+ को विपरीत, स्ट्याण्डर्ड नोट १४ फाइभजी आफ्नो पूर्ववर्ती भन्दा बढि अपग्रेडको साथ आएको जनाइएको छ।

साथै यसको डिजाइन आफ्नो प्रो सिब्लिङ्स (भाइबहिनीहरू) को तुलनामा फरक रहेको जनाइएको छ।

रेडमी नोट १४ फाइभजी को स्पेसिफिकेसनहरू
रेडमी नोट १४ फाइभजीमा एफएचडी+ रेजोल्युसन र १२०हर्ज रिफ्रेस रेट भएको ६.६७ इन्चको ओएलईडी स्क्रिन रहेको छ। यसको पिक ब्राइटनेस (उच्च चमक) आफ्नो पूर्ववर्तीको तुलनामा २,१०० निट्समा बम्प गरिएको उल्लेख छ।

साथै डिस्प्लेलाई फिङ्गरप्रिन्ट स्क्यानरसँग इन्टिग्रेट गरिएको छ भने गोरिल्ला ग्लास ५ को साथ सिल्ड गरिएको थप उल्लेख छ। त्यसैगरी फोन आईपी६४ डस्ट र स्प्ल्याश प्रुफ पनि रहेको जनाइएको छ।

रेडमी नोट १४ मा थोरै कर्भ कर्नर्स (घुमाउरो कुना) भएको वर्गाकार क्यामरा मोड्युल रहेको उल्लेख छ।

रेडमी नोट १४ फाइभजी ओआईएस समर्थनसहितको ५० मेगापिक्सेल सोनी एलवाईटी–६०० मुख्य सेन्सरको साथ आउने जनाइएको छ। यद्यपि यसको पूर्ववर्तीमा भने १०८ मेगापिक्सेल समावेश गरिएको उल्लेख छ।

साथै २ मेगापिक्सेलको सेकेन्डरी स्न्यापरले प्राइमरी लेन्सलाई साथ दिएको जनाइएको छ। त्यसैगर सेल्फी र भिडियो कलिङका लागि भनेर फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको उल्लेख गरिएको छ।

रेडमी नोट १४ फाइभजीमा डाइमेन्सिटी ७०५० प्रोसेसर समावेश गरिएको उल्लेख छ। साथै उक्त चिपसेट १२जीबी र्याम र २५६जीबी स्टोरेज (भण्डारण)सँग जोडिएको उल्लेख गरिएको छ।

त्यसैगरी डिभाइसमा ५,११० एमएएच ब्याट्री रहेको र यस ब्याट्रीले ४५ डब्ल्यू चार्जिङ समर्थन गर्ने उल्लेख गरिएको छ। सफ्टवेयर अनुसार, यो रेडमी नोट १४ फाइभजी हाइपरओएस–बेस्ड (आधारित) एन्ड्रोइड १४ को साथ ढुवानी हुने जनाइएको छ।

रेडमी नोट १४ फाइभजीको ६+१२८जीबीको मूल्य १,१९९ चिनियाँ युआन (१७१ अमेरिकी डलर) मा सुरु हुने जनाइएको छ।

त्यसैगरी ८+१२८जीबी र ८+२५६जीबी भेरियन्टहरूको मूल्य क्रमशः १,३९९ चिनियाँ युआन (१९९ अमेरिकी डलर) र १,४९९ चिनियाँ युआन (२१३ अमेरिकी डलर) रहेको उल्लेख गरिएको छ।

साथै १२+२५६जीबी कन्फिगरेसनको लागत १,६९९ चिनियाँ युआन (२४२ अमेरिकी डलर) रहेको जनाइएको छ। यो स्मार्टफोन स्टेरी ह्वाइट, मिडनाइट ब्ल्याक र फ्यान्टम ब्लू कलरमा उपलब्ध भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १३ आश्विन २०८१, आईतवार

ताजा समाचार