रेडमी नोट १४ प्रो र नोट १४+ चीनमा सार्वजनिक, नयाँ डिजाइनको साथ आईपी६९ रेटिङ समावेश

Technology Khabar १२ आश्विन २०८१, शनिबार

रेडमी नोट १४ प्रो र नोट १४+ चीनमा सार्वजनिक, नयाँ डिजाइनको साथ आईपी६९ रेटिङ समावेश

काठमाडौं ।

शाओमीले चीनमा रेडमी नोट १४ सिरिज घोषणा गरेको छ। लाइनअपमा स्ट्याण्डर्ड, प्रो र प्रो+ मोडेलहरू रहेका छन्। साथै पछिल्लो वर्षको नोट १३ सिरिजको उत्तराधिकारीको रूपमा यी नयाँ मोडेलहरू आएको जनाइएको छ।

शाओमी उप–ब्रान्डले आफ्ना पूर्ववर्तीहरूको तुलनामा नोट १४ प्रो डुओमा केही परिवर्तन गरेको जनाइएको छ।

रेडमी नोट १४ प्रो र प्रो+ को स्पेसिफिकेसनहरू
रेडमी नोट १४ प्रो र प्रो+ मा स्लिम प्रोफाइल र रियर भागमा स्क्वायरल क्यामरा आइल्याण्डको साथ नयाँ डिजाइन फिचर गरिएको छ भने उक्त क्यामरा आइल्याण्ड अहिले फोनको केन्द्रमा राखिएको छ।

दुवै फोनहरूमा धुलो र पानी प्रतिरोधको लागि आईपी६९ प्रमाणीकरण रहेको जनाइउको छ। साथै डिभाइसहरूको अगाडि गोरिल्ला ग्लास भिक्टस २ समावेश गरिएको थप उल्लेख गरिएको छ।

रेडमी नोट १४ प्रो डुओमा ६.६७ इन्चको कर्भ एएमओएलईडी डिस्प्ले रहेको जनाइएको छ। यस डिस्प्लेले १.५के रेजोल्युसन, १२०हर्ज रिफ्रेस रेट, र ३,००० निट्स पीक ब्राइटनेस प्रदान गर्ने जनाइएको छ।

साथै स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानरले सुसज्जित रहेको छ भने फोनहरूले एचडीआर१०+ र डल्बी भिजनलाई पनि समर्थन गर्ने उल्लेख गरिएको छ।

रेडमी नोट १४ प्रो र प्रो+ मा ट्रिपल रियर क्यामराहरू रहेका छन्। रेडमी नोट १४ प्रो+ को सेटअपमा आफ्नो पूर्ववर्तीहरूमा पाइने २०० मेगापिक्सेलको सट्टा ५० मेगापिक्सेलको मुख्य सेन्सर समावेश गरिएको उल्लेख छ।

साथै त्यहाँ ६०एमएम फोकल लम्बाइ र २.५× अप्टिकल जुमसहितको ५० मेगापिक्सेलको टेलिफोटो युनिटको साथ ८ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल लेन्स समावेश गरिएको जनाइएको छ।

त्यसैगरी नोट १४ प्रोमा पनि समान प्राइमेरी र अल्ट्रा–वाइड–एंगल क्यामराहरू रहेको भए तापनि तेस्रो युनिट भने २ मेगापिक्सेल शूटर भएको उल्लेख गरिएको छ। यसबाहेक दुवै फोनहरूको अगाडि २० मेगापिक्सेलको सेल्फी स्न्यापर रहेको थप उल्लेख गरिएको छ।

हुड अन्तर्गत रेडमी नोट १४ प्रोमा स्न्यापड्रागन ७एस जेन ३ समावेश गरिएको भने रेडमी नोट प्रो+ डाइमेन्सिटी ७३०० अल्ट्रा प्रोसेसरले सुसज्जित रहेको जनाइएको छ।

रेडमी नोट १४ प्रोमा १२जीबी र्याम प्याक गरिएको छ भने रेडमी नोट प्रो+मा १६जीबी र्याम र ५१२जीबी स्टोरेज (भण्डारण) समावेश गरिएको उल्लेख छ। साथै प्रो+ मोडेलमा ठूलो ६,२०० एमएएच सिलिकन–कार्बन ब्याट्री सेल रहेको र जसले ९० डब्ल्यू चार्जिङ समर्थन गर्ने जनाइएको छ।

त्यसैगरी प्रो भेरियन्टले भने ५,५०० एमएएच ब्याट्री रहेको र उक्त ब्याट्रीले ४५ डब्ल्यू चार्जिङ समर्थन गर्ने उल्लेख गरिएको छ। सफ्टवेयर अनुसार, यी दुई डिभाइसहरू हाइपरओएस–आधारित एन्ड्रोइड १४ मा रन (चल्ने) जनाइएको छ।

रेडमी नोट १४ प्रो र प्रो+ मिडनाइट ब्ल्याक र मिरर पोर्सिलेन ह्वाइट रङ्गमा आएको जनाइएको छ। रेडमी नोट १४ प्रो फ्यान्टम ब्लू र ट्वाइलाइट पर्पलमा पनि उपलब्ध हुने जनाइएको छ भने रेडमी नोट १४ प्रो+ स्यान्डस्टार ग्रीन शेडमा आउने थप उल्लेख गरिएको छ।

नोट १४ प्रो को ८+१२८जीबी भेरियन्टको लागि १,३९९ चिनियाँ युआन (१९९ अमेरिकी डलर) बाट मूल्य सुरु हुन्छ भने ८+२५६जीबी को लागत १,४९९ चिनियाँ युआन (२१३ अमेरिकी डलर) रहेको जनाइएको छ।

त्यसैगरी १२+२५६जीबी र १२+५१२जीबीको मूल्य क्रमशः १,६९९ चिनियाँ युआन (२४२ अमेरिकी डलर) र १,८९९ चिनियाँ युआन (२७० अमेरिकी डलर) कायम गरिएको उल्लेख छ।

अर्कोतर्फ, रेडमी नोट १४ प्रो+ को १२+२५६जीबी, १२+५१२जीबी र १६+५१२जीबी कन्फिगरेसनको लागि मूल्य क्रमशः १,८९९ चिनियाँ युआन (२७० अमेरिकी डलर), २,०९९ चिनियाँ युआन (२९९ अमेरिकी डलर), र २,२९९ चिनियाँ युआन (३२७ अमेरिकी डलर) रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १२ आश्विन २०८१, शनिबार