Technology Khabar १२ आश्विन २०८१, शनिबार
काठमाडौं ।
विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क र ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीश एलेक्सान्ड्रे डे मोराएसबीचको तातो विवादमा मस्क अन्तत: झुकेका छन्।
मस्कको सामाजिक सञ्जाल साइट एक्स (पूर्व ट्विटर) ले मोराएसको आदेश पालन गरेको छ र आफ्नो सेवा फेरि ब्राजिलमा पुन:स्थापित गर्न अनुरोध गरेको छ।
समाचार संस्था एपीन्युजका अनुसार एक्सले केही खाताहरू बन्द गर्ने, ब्राजिलमा आधिकारिक कानूनी प्रतिनिधि नियुक्त गर्ने, र पहिलेको अदालतका आदेश नमान्दा लागेको जरिबाना तिर्ने आदेश पालन गरेको बिहीबार पेश गरिएको निवेदनमा मस्कका वकिलहरूले बताएका स्रोतले उल्लेख गरेको छ।
शनिबार मोराएसले मस्कको कम्पनीलाई कानूनी प्रतिनिधिको थप कागजात अदालतमा पेश गर्न आदेश दिएकाकम कम्पनीले पूरा गरिसकेको छ।
एक्स गत ३० अगस्टमा २१३ मिलियन जनसंख्या भएको अत्यन्तै इन्टरनेट सक्रिय देश ब्राजिलमा अवरुद्ध गरिएको थियो। यो मस्कको साइटका ठूला बजारमध्ये एक थियो जहाँ २० मिलियनभन्दा बढी प्रयोगकर्ता थिए।
मोराएसले महिनौंसम्म स्वतन्त्र अभिव्यक्ति, दक्षिणपन्थी खाताहरू र गलत सूचना सम्बन्धी बहसपछि एक्स बन्द गर्न आदेश दिएका थिए।
त्यस समयमा कम्पनीले न्यायाधीश एलेक्सान्ड्रे डे मोराएसको केही खाताहरू बन्द गर्न गर्ने प्रयासहरूलाई “राजनीतिक विपक्षीहरूलाई” सेन्सर गर्नको लागि गैरकानूनी कदम भनेको थियो र उक्त आदेशको पालना नगर्ने बताएको थियो।
एलन मस्कले न्यायाधीशलाई स्वतन्त्र अभिव्यक्तिको शत्रु र अपराधी भनेर आरोप लगाएका थिए। तर मोराएसका निर्णयहरू उनका सहकर्मीहरूले बारम्बार समर्थन गरेका छन् जसमा एक्सको देशव्यापी बन्द पनि समावेश छ।
एक्सले हाल नियुक्त गरेको नयाँ प्रतिनिधि पहिलेकै प्रतिनिधि हुन् जसले एक्सले ब्राजिलमा आफ्नो कार्यालय बन्द गर्नु अघि सो पद सम्हालेका थिए।
कम्पनीको सार्वजनिक फाइलिङ अनुसार यी व्यक्ति राहेल डे ओलिवेरा भिल्ला नोभा कोन्सेइसीओ हुन्, जसलाई मोराएसले एक्सले खाताहरू बन्द नगरे गिरफ्तारीको धम्की दिएका थिए।
ब्राजिलको कानुनको सम्भावित उल्लङ्घनका लागि उनलाई दोषी नठहरियोस् भनेर र गिरफ्तारीको जोखिमबाट बच्नको लागि, प्रतिनिधित्व सम्झौतामा एउटा प्रावधान लेखिएको छ, जसअनुसार एक्सका तर्फबाट कुनै पनि कार्यले उनलाई कानूनी दायित्वमा पार्नुअघि कम्पनीबाट लिखित निर्देशन आवश्यक पर्नेछ।
प्रकाशित: १२ आश्विन २०८१, शनिबार