सामसङले अमेरिकामा ग्यालेक्सी ट्याब एस १० को मूल्य नबढाउने

Technology Khabar ११ आश्विन २०८१, शुक्रबार

सामसङले अमेरिकामा ग्यालेक्सी ट्याब एस १० को मूल्य नबढाउने

काठमाडौं ।

सामसङले चाँडै ग्यालेक्सी ट्याब एस१० ट्याब्लेटहरू सार्वजनिक गर्दैछ। साथै युरोपमा (वा कम्तिमा स्विजरल्याण्ड) मा यो ट्याब महँगो हुने उल्लेख गरिएको छ। यद्यपि संयुक्त अधिराज्यले भने मूल्य वृद्धिको सामना नगर्ने उल्लेख गरिएको छ।

सामसङ वेबसाइटमा केही समयअघि प्रकाशित पृष्ठहरूका अनुसार ट्याब एस१०+ मा दुई वटा स्टोरेज अप्सन हुनेछन् भने ट्याब एस१० अल्ट्रामा तीनवटा स्टोरेज अप्सन हुनेछन्।

यद्यपि त्यहाँ भेनिला ट्याब एस१० को बारेमा भने केही उल्लेख नगरिएको जनाइएको छ।

वाई–फाई संस्करणहरूको लागत यसप्रकार छःसामसङले फ्ल्यागशिप चिपसेटहरूको लागि मिडियाटेक चयन गर्ने रिपोर्टहरूले दावी गरेको छ। अहिलेसम्म सामसङले सधैं आफ्नो टप–टियर ट्याब एस ट्याब्लेटहरूमा एक्सिनोस वा स्न्यापड्रगन प्रयोग गरेको हुनाले मिडियाटेकको चिपसेटहरू पहिलो पटक प्रयोग गर्न लागेको जनाइएको छ।

ट्याबमा डाइमेन्सिटी ९३००+ को अपेक्षा गरिएको भए तापनि डाइमेन्सिटी ९४०० को साथ आउने बलियो सम्भावना रहेको थप उल्लेख गरिएको छ।

सामसङ ग्यालेक्सी ट्याब एस१० सिरिज ग्यालेक्सी एआई को साथ आउने जनाइएको छ र कम्पनीले पहिले नै ब्लाइण्ड रिजर्भेसन स्वीकार जीएसएमएरिनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ११ आश्विन २०८१, शुक्रबार