यी हुन् असार मसान्तसम्मका ‘टप टेन’ इन्टरनेट सेवा प्रदायक, कस्का ग्राहक कति?

Technology Khabar ११ आश्विन २०८१, शुक्रबार

यी हुन् असार मसान्तसम्मका ‘टप टेन’ इन्टरनेट सेवा प्रदायक, कस्का ग्राहक कति?

काठमाडौं ।

नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दो छ। प्रयोगकर्ताको सङ्ख्या बढेसँगै तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ असार मसान्तसम्मको एमआईएस प्रतिवेदनमा अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान संख्या २८ लाख १७ हजार ५०९ पुगेको देखिन्छ।

नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। असार मसान्तसम्म वर्ल्डलिंकको ग्राहक ९ लाख १८ हजार ७ सय ३३ छन्।

यी हुन् नेपालका टप १० आईएसपी:-

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८१ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ९ लाख १८ हजार ७३३ छ। जसमध्ये वायरलेस कनेक्सन १२, केवल कनेक्सन ५१६ तथा फाइबर कनेक्सन ९ लाख १८ हजार २०५ छ। ९ लाख १८ हजार ७ सय ३३ ग्राहकसहित यो कम्पनी नेपालको शीर्ष कम्पनीको रुपमा रहेको छ।

२. डिस मिडिया नेटवर्क

डिस मिडिया नेटवर्क ३ लाख १९ हजार ६९६ इन्टरनेट जडान संख्या सहित दोस्रो स्थानमा छ। जसमध्ये सबै फाइबर कनेक्सन मात्र रहेको छ।

३. सुबिसु केबलनेट प्रालि

सुबिसु केबलनेट प्रालि २ लाख ५० हजार ३१३ जडान संख्या सहित तेस्रो स्थानमा छ। जसमध्ये सबै फाइबर कनेक्सन रहेको छ। यो सङ्ख्यासहित सुबिसुले समग्र बजार हिस्साको ८.८८ प्रतिशत ओगटेको छ।

४.  भायानेट कम्युनिकेशन प्रालि

चौथो नम्बरमा रहेको भायानेट कम्युनिकेशन प्रालिको फागुनको इन्टरनेट जडान संख्या २ लाख ६ हजार ७६७ छ। यसले बजारको समग्र हिस्साको ७.३७ प्रतिशत ओगटेको छ।

५. क्लासिक टेक प्रालि

क्लासिक टेक प्रालिको इन्टरनेट जडान संख्या १ लाख ६३ हजार १६० छ। यसमध्ये ७०३ वायरलेस तथा १ लाख ६२ हजार ४५७ फाइबर कनेक्सन रहेको छ। यसले ५.७९ बजार हिस्सा ओगटेको छ।

६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम 

उत्कृष्ट १० को छैटौं नम्बरमा परेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालीको इन्टरनेट जडान संख्या १ लाख ३९ हजार ११८ छ। यसमध्ये १ लाख ३७ हजार २४५ फाइबर कनेक्सन छ। १ हजार ८७३ वायरलेसका ग्राहक रहेका छन्। यसले समग्रमा ४.९४ बजार हिस्सा ओगटेको छ।

७. टेकमाइण्ड्स नेटवर्क प्रालि

सूचीको सातौं नम्बरमा रहेको टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या ८० हजार ९०४ छ। यसमध्ये वायरलेस कनेक्सन २५४ तथा फाइबर कनेक्सन ८० हजार ६५० छ।  वेबसर्फरले समग्र बजारको २.८७ प्रतिशत हिस्सा ओगटेको छ।

८. सिजी कम्युनिकेसन प्रालि

चितवनमा मुख्य कार्यालय रहेको सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ७७ हजार १०२ छ। यीमध्ये सबै फाइबर कनेक्सन हो। यो कम्पनीले बजारको २.७४ प्रतिशत हिस्सा ओगटेको छ।

९. फाइबरवर्ल्ड कम्युनिकेशन प्रालि

उत्कृष्ट १० को नवौँ नम्बरमा परेको फाइबरवर्ल्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ४६ हजार ८५० छ। यसमध्ये  फाइबर ४६ हजार ७ सय, ५० वायरलेस र १ सय केबलका ग्राहक छन्। यसले १.६६ प्रतिशत बजार हिस्सा ओगटेको छ।

१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि

उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या  ४१ हजार २१२ छ। यसमा ४१ हजार ७९फाइबरमार्फत् सेवा लिने ग्राहकहरु छन् भने बाँकी १३३ वायरलेसका ग्राहक छन्। यसले बजारको १.४६ प्रतिशत हिस्सा ओगटेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ११ आश्विन २०८१, शुक्रबार

ताजा समाचार