स्टारलिङ्क भूउपग्रहहरूले पृथ्वीको कक्षमा विनाश निम्त्याउँदै, गहन अन्तरिक्ष अवलोकनमा अवरोध

Technology Khabar ११ आश्विन २०८१, शुक्रबार

स्टारलिङ्क भूउपग्रहहरूले पृथ्वीको कक्षमा विनाश निम्त्याउँदै, गहन अन्तरिक्ष अवलोकनमा अवरोध

काठमाडौं ।

इलन मस्कको स्टारलिङ्क भूउपग्रहहरूले पृथ्वीको कक्षमा विनाश गरिरहेका र टाढाका ग्रहहरू र ताराहरू अवलोकन गर्ने खगोलविद्हरूको क्षमतालाई नष्ट गर्दै गरेको वैज्ञानिकहरूले बताएका छन्।

युरोपेली लो–फ्रिक्वेन्सी एरे रेडियो टेलिस्कोप नेटवर्क वा एलओएफएआर (लोफर) ले ब्ल्याक होलहरू पत्ता लगाउन र एक्सोप्लानेटहरू खोज्न मद्दत गर्नको लागि सन् २०१२ देखि ब्रह्माण्डमा फेन्ट र डिस्ट्यान्ट अब्जेक्ट (टाढाका वस्तुहरू) को जाँच गर्ने गरेको छ।

मस्कको निजी कम्पनी स्पेसएक्सले आफ्नो स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गर्न थालेको पाँच वर्षमा रेडियो तरङ्ग उत्सर्जनमा भएको वृद्धिले एलओएफएआर (लोफर) लाई अवलोकन गर्न धेरै गाह्रो बनाएको द इन्डिपेन्डन्ट ले उल्लेख गरेको छ।

गत वर्ष हामीले आकाशमा हस्तक्षेपका संकेतहरू देख्न थाल्यौं, हामीले तिनीहरूलाई पृथ्वी माथि परिक्रमा गर्ने पहिलो पुस्ताका केही स्टारलिङ्क उपग्रहहरूका रुपमा ट्रेस गर्न सफल भयौं” नेदरल्याण्ड्स इन्स्टिच्युट फर रेडियो एस्ट्रोनोमीका वैज्ञानिक र महानिर्देशक जेसिका डेम्प्सेले भनिन्।

पृथ्वीको कक्षमा स्पेसएक्सको हाल ६ हजार भन्दा बढी उपग्रहहरू रहेका छन् जसले पृथ्वीको लगभग सबै ठाउँमा हाई–स्पीड इन्टरनेट प्रदान गर्दछन्।

स्टारलिङ्क भूउपग्रहहरूले अनइनटेन्डेन्ट इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (अवाञ्छित विद्युत चुम्बकीय विकिरण) उत्सर्जन गर्दै आएका छन् जुन दोषपूर्ण ब्याट्रीबाट भएको भनि एलओएफएआर (लोफर) खगोलविद्हरूले विश्वास गरेका छन्।

गत वर्ष तिनीहरूले स्पेसएक्ससँग यस्ता प्रविधि कम गर्नेबारे कुरा गरेको र समस्याको सम्बोधन भइरहेको छ भनेर आशावादी महसुस गरेको डेम्पसेले भनिन्।

यद्यपि खगोलविद्हरूले जुलाईमा अवलोकन गर्दा स्पेसएक्सको अद्यावधिक गरिएको स्टारलिङ्क भी२ मिनी भूउपग्रहहरूले अझ बढी हस्तक्षेप गरिरहेको उनीहरूले पत्ता लगाएका थिए। स्पेसएक्सले त्यसपछि अझै धेरै भूउपग्रहहरू प्रक्षेपण गरेको छ।

स्टारलिङ्कले ३० गुणा बढी उत्सर्जन गरिरहेको थियो र थोरैले मात्र नभएर सबै भूउपग्रहहरूले उत्सर्जन गरिरहेको थियो। साँच्चै, हामी छक्क पर्यौं” डेम्प्सेले थप उल्लेख गरिन्।

यी नयाँ भूउपग्रहहरूको यो विशेष फ्रिक्वेन्सी ब्यान्डको चमक जुन हामीले हेरिरहेको भन्दा लगभग १० मिलियन गुणा उज्यालो छ। यसको समानता भनेको तपाईंले त्यो सुन्दर, मधुरो तारालाई हेर्ने प्रयास गरिरहनुभएको छ जुन तपाईंले अँध्यारो रातमा आफ्नो आँखाले देख्न सक्नुहुन्छ। र त्यसपछि, पूर्णिमा यसको छेउमा उदाउँछ।

सबैभन्दा नराम्रो पक्ष भनेको यो समस्या थप बढिरहेको डेम्प्सेले बताइन्।

उनीहरूले प्रत्येक हप्ता ४० ओटा यी ‘पूर्ण चन्द्रमाहरू’ प्रक्षेपण गर्दैछन्। अहिले, त्यहाँ लगभग ६ हजार स्टारलिङ्क भूउपग्रहहरू छन् र भविष्यमा त्यहाँ १ लाख कुल उपग्रहहरू हुने छन्” उनले भनिन्। “त्यसोभए त्यहाँ १ लाख पूर्णिमाहरू कल्पना गर्नुहोस्। त्यसैले हामी कुनै पनि प्रकारको खगोल विज्ञानलाई वास्तवमै अलबिदा भन्न सक्छौं जुन हामीले जमिनबाट गर्ने आशा गर्छौं।

डेम्पसे र सहकर्मीहरूले हालै एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा खोजहरू प्रकाशित गरे जसमा उनीहरूले देखेका लगभग सबै स्टारलिङ्क भूउपग्रहहरूले इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (विकिरण) उत्सर्जन गरिरहेका थिए र यसले अवलोकनहरूमा हस्तक्षेप गर्न सक्ने उल्लेख गरिएको छ।

उनले खगोल विज्ञान समूहको उद्देश्य भनेको कम्पनीहरूलाई स्याटेलाइटहरू हटाउन भन्नु नभई उनीहरूले वैज्ञानिक अवलोकनलाई निरन्तरता दिनका लागि नियमभित्र रहेर सञ्चालन गराउनु रहेको बताइन्।

संयुक्त राष्ट्रसँग फ्रिक्वेन्सीको संरक्षित ब्यान्डहरूमा नियमहरू छन्। र, खगोल विज्ञानले आफ्नो काम गर्न सकोस् भनेर ती सुरक्षित ब्यान्डहरू त्यहाँ रहेका छन्। ती नियमहरूलाई त्यसो गर्ने शक्ति भएको जो कोहीले समर्थन गरेको छ कि छैन भन्ने कुरा हो” डेम्प्सेले उल्लेख गरिन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ११ आश्विन २०८१, शुक्रबार

ताजा समाचार