इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि पाँच जना ‘शर्ट लिस्ट’ मा

Technology Khabar १० आश्विन २०८१, बिहीबार

इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि पाँच जना ‘शर्ट लिस्ट’ मा

काठमाडौं ।

इन्जिनियरिङ अध्ययन संस्थानको डीनका छनोटका लागि पाँच जना प्रस्तुति र अन्तर्वार्ताका लागि अन्तिम छनोटमा परेका छन्।

त्रिभुवन विश्वविद्यालयले एउटा सूचना जारी गरी सर्टलिस्टमा परेका उम्मदेवारहरुको जानकारी दिएको हो।

त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम इन्जिनियरिङ अध्ययन संस्थानको डीन पदका लागि आवेदन दिने उम्मेदवार मध्ये उक्त विनियमको परिच्छेद २ को दफा ५ को उपदफा (ख) बमोजिमका उम्मेदवारहरूलाई वर्णानुक्रमानुसार अल्पसूची (Short List) मा सूचीकृत गरिएको जानकारी दिएको छ।

अल्पसूची अर्थात् शर्ट लिस्टमा परेका उम्मेदवाररु यस प्रकार छन्:

१. प्रा. डा. भोलानाथ शर्मा घिमिरे

२. प्रा. डा. लक्ष्मण पौडेल

३. प्रा.डा. संगीता सिंह

४. प्रा. डा. सुवर्ण शाक्य

५. प्रा. डा. सुशील बहादुर बज्राचार्य

शर्टलिस्टमा समावेश भएका उम्मेदवारहरूको प्रस्तुति र अन्तवार्ता यही असोज ११ गते शुक्रबार बिहान ८ बजे त्रि.वि. उपकुलपतिको कार्यालय, कीर्तिपुरमा हुने जानकारी दिईएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

ताजा समाचार