चीनमा विदेशी-ब्राण्डका स्मार्टफोनको बिक्री गत वर्षको तुलनामा १२.७ प्रतिशतले घट्यो

Technology Khabar १० आश्विन २०८१, बिहीबार

चीनमा विदेशी-ब्राण्डका स्मार्टफोनको बिक्री गत वर्षको तुलनामा १२.७ प्रतिशतले घट्यो

काठमाडौं ।

चीनमा विदेशी-ब्राण्डका स्मार्टफोनहरूको बिक्री गत वर्षको तुलनामा अगस्ट महिनामा १२.७ प्रतिशतले घटेको छ।

यसमा एप्पल इंकको आईफोन पनि समावेश रहेको एउटा सरकारसम्बद्ध अनुसन्धान संस्थाद्वारा बुधबार जारी गरिएको तथ्याङ्कमा उल्लेख रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

चीन एकेडेमी अफ इन्फर्मेशन एन्ड कम्युनिकेसन टेक्नोलोजी (सीएआईसीटी) को डाटामा आधारित गणनाहरूले देखाए अनुसार अगस्ट महिनामा चीनमा विदेशी-ब्राण्डका फोनहरूको बिक्री १.८७ मिलियन सेटमा झरेको थियो जुन अघिल्लो वर्ष २.१४२ मिलियन थियो।

समग्र फोन बिक्री भने गत वर्षको तुलनामा २६.७ प्रतिशतले बढेर अगस्टमा २४.०५ मिलियन सेट पुगेको सीएआईसीटीको तथ्याङ्कले देखाएको रोयटर्सले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १० आश्विन २०८१, बिहीबार