Technology Khabar १० आश्विन २०८१, बिहीबार
काठमाडौं ।
स्पेसएक्सले बुधबार बिहान क्यालिफोर्नियाबाट २० वटा स्टारलिंक इन्टरनेट स्याटलाइटहरू प्रक्षेपण गरेको छ। तीमध्ये १३ वटा स्याटलाइटले सिधै मोबाइलमा सेवा दिन सक्षम रहेका जनाइएको छ।
फाल्कन ९ नामको रकेटले २० वटा स्टारलिंक स्याटलाइटहरू बोकेर क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट बुधबार बिहान ३:०१ बजे (EDT) मा उडान भरेको थियो। क्यालिफोर्नियाको स्थानीय समय अनुसार यो उडान मंगलबार राति ९:०१ बजे भएको थियो।
लिफ्टअफपछि ८.५ मिनेटमा फाल्कन ९ को पहिलो भाग पृथ्वीमा फिर्ता आयो र प्रशान्त महासागरमा रहेको “अफ कोर्स आई स्टिल लभ यु” नामको ड्रोन शिपमा अवतरण गर्यो। स्पेसएक्सको मिसन विवरण अनुसार यो बुस्टरको लागि यो १०औँ प्रक्षेपण र अवतरण थियो।
फाल्कन ९ को माथिल्लो भागले भने पृथ्वीको तल्लो कक्षतर्फ आफ्नो यात्रा जारी राख्यो, जहाँ लिफ्टअफ भएको ६० मिनेटपछि २० वटा स्याटलाइटहरू प्रक्षेपण गर्ने तालिका छ।
यी नयाँ स्याटलाइटहरू स्टारलिंक मेगा-कन्स्टेलेसनमा सामेल हुनेछन्, जसमा हाल ६३०० भन्दा बढी सक्रिय स्याटलाइटहरू छन्।
स्टारलिंकको यो प्रक्षेपण स्पेसएक्सको व्यस्त हप्ताको एक हिस्सा थियो। एलन मस्कको कम्पनीले शनिबार (सेप्टेम्बर २८) नासाको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ क्रू ९ एस्ट्रोनट मिशन लन्च गर्ने योजना बनाएको छ, जसलाई फ्लोरिडाको केप क्यानेभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ द्वारा पठाइने स्पेस डटकमले उल्लेख गरेको छ।
प्रकाशित: १० आश्विन २०८१, बिहीबार