न्यायालयले मागेमा टेलिग्रामले प्रयोगकर्ताका आईपी ठेगाना र फोन नम्बरहरू उपलब्ध गराउने

Technology Khabar १० आश्विन २०८१, बिहीबार

न्यायालयले मागेमा टेलिग्रामले प्रयोगकर्ताका आईपी ठेगाना र फोन नम्बरहरू उपलब्ध गराउने
फोटो सौजन्यः स्टीेभ जेनिङ्स/गेटी इमेजेस

काठमाडौं ।

टेलिग्रामका सीईओ पावेल डुरोभले न्यायालयबाट माग भएमा उनको मेसेजिङ एपले प्रयोगकर्ताको आईपी ठेगाना र फोन नम्बरहरू पनि उपलब्ध गराउने बताएका छन्।

पहिलो पटक नीति परिवर्तनबारे रिपोर्ट गरेको ब्लूमबर्गले टेलिग्राम ऐतिहासिक रूपमा “टेकडाउन अनुरोधहरूको लागि कुख्यात रूपमा गैर–उत्तरदायी” र “संदिग्ध अपराधीहरूको बारेमा जानकारीको लागि अनुरोधहरूलाई अक्सर बेवास्ता गर्ने गरेको” भनी नोट गरेको जनाइएको छ।

यस विकासको साथमा केही मध्यस्थताको कार्यान्वयन हो। टेलिग्रामले आफ्नो सचै रिजल्टबाट “समस्याग्रस्त” सामग्री हटाउन एआई, साथसाथै मानव मध्यस्थता टोली प्रयोग गर्न थालेको छ डुरोभले बताएका छन्।

डुरोभले प्रयोगकर्ताहरूलाई असुरक्षित र गैरकानूनी सामग्री बारे टोलीलाई रिपोर्ट गर्न पनि आग्रह गरेको जनाइएको छ। साथै टोलीहरूले त्यसलाई हटाउने छन् भनि डुरोभले थप उल्लेख गरेको जनाइएको छ।

इन्ग्याजेटका अनुसार यद्यपि यी परिवर्तनहरूले अवैध गतिविधिहरूमा संलग्न भएकाहरू (वा उनीहरूलाई कारबाही गर्ने अधिकारीहरूको क्षमता) सँग टेलिग्रामको लोकप्रियतालाई कत्तिको असर गर्छ भन्ने कुरा भने अज्ञात रहेको जनाइएको छ।

आईपी ठेगाना र फोन नम्बरहरू अन्यत्र प्रयोगकर्ताहरूको गतिविधिहरू ट्रायङ्गुलेटिङ (त्रिकोणात्मक) गर्नका लागि उपयोगी हुन सक्ने जनाइएको छ भने टेलिग्राम प्रयोगकर्ताहरूले मेसेजे गायब, इण्ड–टु–इण्ड इन्क्रिप्सन वा सिम कार्ड बिना सेवा प्रयोग गर्ने क्षमता जस्ता गुमनाम सुविधाहरूको धेरै तहहरू छनौट गर्न सक्नेछन्।

“आजसम्म हामीले सरकारसहित तेस्रो पक्षहरूलाई प्रयोगकर्ता सन्देशहरूको कुनै डाटा खुलासा गरेका छैनौं” सेवाको एफएक्यूमा उल्लेख गरिएको छ।

गत अगस्टमा डुरोभलाई टेलिग्राममा गरेका अपराधको लागि फ्रान्समा पक्राउ गरिएको र त्यहीँ रहन आदेश दिइएको थियो। यद्यपि डुरोभले भने यी आरोपहरुलाई अस्वीकार गर्दै आएका इन्ग्याजेटमा उल्लेख गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १० आश्विन २०८१, बिहीबार

ताजा समाचार