Technology Khabar ९ आश्विन २०८१, बुधबार
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले आधिकारिक रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को कमान्ड लिएकी छन्। विलियम्सले आईएसएसको कमाण्ड लिएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१२ मा पनि मिसनको नेतृत्व गरेकी थिइन्।
जून महिनामा, विलियम्स र उनका साथी अन्तरिक्ष यात्री बुच विल्मोर आठ दिनको मिशनमा बोइङको स्टारलाइनर अन्तरिक्षयानमा सवार हुँदै आईएसएस पुगेका थिए।
यद्यपि, स्टारलाइनरसँग प्राविधिक समस्याका कारण विलियम्स र विल्मोरको फिर्ता अर्को वर्ष फेब्रुअरीसम्मका लागि स्थगित गरिएको छ। आईएसएसको कमाण्ड रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्कोले विलियम्सलाई सुम्पेका छन्। कोनोनेन्को चाँडै पृथ्वीमा फर्कने कार्यक्रम छ। आईएसएसको कमाण्डरको रूपमा, विलियम्सले विभिन्न अपरेशन र अनुसन्धानको निरीक्षण गर्नेछिन्।
हालै, विलियम्सले एक भिडियो प्रेस सम्मेलनमा पृथ्वीमा फर्किन ढिलाइको बारेमा आफ्नो विचार साझा गरेकि थिईन्। उनले आईएसएसलाई ‘खुशी ठाउँ’ भनेर वर्णन गरिन्। विलियम्सले आफ्नो अघिल्लो अनुभवका कारण अन्तरिक्षमा जीवनलाई समायोजन गर्न गाह्रो नभएको बताईन्। यसबारे विल्मोरले स्टारलाइनरमा फर्किने विषयमा कुनै सहमति नभएको बताएका थिए । केही प्राविधिक समस्या समाधान हुन नसकेपछि उनीहरुको बसाइ लम्बिएको हो। विल्मोरले भनेका थिए कि स्टारलाइनरसँगको सुरक्षा चिन्तालाई ध्यानमा राख्दै उनको हालको अवस्था राम्रो छ।
विलियम्सले उनको आईएसएसमा बस्ने समय बढ्दै जाँदा केही तनाव भएको स्वीकार गरिन् तर उनी मिसनमा केन्द्रित छिन्। यी दुवै अन्तरिक्ष यात्रीले अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावमा अन्तरिक्षबाट भोट हाल्ने इच्छा पनि व्यक्त गरेका थिए। यस चुनावमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा छ।
स्टारलाइनर अन्तरिक्ष यानलाई आईएसएसमा पुग्न कठिनाइ भइरहेको थियो। तीमध्ये अन्तरिक्षयानबाट हिलियम चुहावट पनि एउटा समस्या थियो। यसै कारण नासा र बोइङले यसलाई अन्तरिक्ष यात्रीविना पृथ्वीमा ल्याउने निर्णय गरेका थिए।
प्रकाशित: ९ आश्विन २०८१, बुधबार