Technology Khabar ९ आश्विन २०८१, बुधबार
काठमाडौं ।
एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ।
उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ।
यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै “डिल अफ द डे,” “बाई १ गेट १,” र “१ रुपैयाँ गेम” समावेश छन्।
यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन्।
यसैगरी अल्टिमा दशैं मेला यही असोज ९ देखि असोज २५ सम्म चल्नेछ। यो १४–दिने मेलामा, अल्टिमाले सात भन्दा बढी विशेष अफरहरु ल्याएको छ।
साउन्डबार किन्दा इयरबड्स सित्तैमा, घडी किन्दा इयरबड्स सित्तैमा जस्ता योजना छन्।
अल्टिमाले ग्राहकहरूलाई आफ्ना उत्पादनहरू रु. १ रुपैयाँ मा किन्ने अवसर दिइरहेको छ । केही सर्तहरू लागू हुने भए पनि, मात्र पाँच जना भाग्यशाली खरिदकर्ताहरूले अल्टिमा डटकम डट एनपी बाट यी उत्पादनहरू १ रुपैयाँमा खरीद गर्न सक्नेछन् ।
सीमित समयको अफर र जुनसुकै समयमा उपलब्ध हुनेछ, र स्टक केही सेकेन्डमै समाप्त हुने सम्भावना भएकोले यस अनुभवलाई अझै रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ।
प्रकाशित: ९ आश्विन २०८१, बुधबार