भदौ महिनामा भित्रियो ३ अर्ब ८२ करोडमाथिको चारपाङ्ग्रे विद्युतीय गाडी

Technology Khabar ९ आश्विन २०८१, बुधबार

भदौ महिनामा भित्रियो ३ अर्ब ८२ करोडमाथिको चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं ।

भदौ महिनाभरमा नेपालमा ३ अर्ब ८२ करोड रुपैयाँ हाराहारीको १ हजार ६०२ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना भदौभर नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ रहेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनीगरी विश्वका तीन देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म ३६१ ७१, ९५, २०, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १९९ ३२, ६६, ४८, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म ६६२ १, ८७, २७, ५०, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म २७६ ५५, ९३, ७५, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ९८ ३१, ८१, ७८, ०००
कार, जीप र भ्यान सं. रा. अमेरिका १०१ देखि २०० किलोवाटसम्म ४१, १४, ०००

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ९९, ७०, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी २०१ देखि ३०० किलोवाटसम्म ८५, १२, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि ८३, २३, ०००
Nepal Telecom
Sajilo Visa

प्रकाशित: ९ आश्विन २०८१, बुधबार

ताजा समाचार