युट्युब प्रिमियम अन्तर्राष्ट्रिय रूपमा महँगो हुँदै

Technology Khabar ९ आश्विन २०८१, बुधबार

युट्युब प्रिमियम अन्तर्राष्ट्रिय रूपमा महँगो हुँदै

काठमाडौं ।

युट्युब प्रिमियम अब अन्तर्राष्ट्रिय रूपमा महँगो हुने भएको छ। युरोपभरका प्रयोगकर्ताहरूले उनीहरूको व्यक्तिगत र पारिवारिक योजनाहरूमा उल्लेखनीय मूल्य वृद्धि भएको रिपोर्ट गरिरहेका छन्।

उक्त रिपोर्टहरू मुख्यतया युरोपबाट आएको छ भने युट्युबले विश्वव्यापी रूपमा मूल्यहरू बढाउने शान्त निर्णय गरेको उल्लेख गरिएको छ।

सदस्यता लिएका प्रयोगकर्ताहरूले अब नयाँ मूल्य निर्धारणका साथ इमेलहरू प्राप्त गर्दैछन् जुन नोभेम्बरमा लागू हुने जनाइएको छ।

उदाहरणका लागि बेल्जियम, नेदरल्याण्ड र इटालीमा, पारिवारिक योजनाको लागि १८ यूरोबाट वृद्धि भएर मासिक २६ यूरो लाग्नेछ भने व्यक्तिगत योजनाहरूको लागि १२ यूरोबाट १४ यूरोमा वृद्धि हुने जनाइएको छ।

स्विस प्रयोगकर्ताहरूले ३४ स्विस फ्रैंक (२४ स्विस फ्रैंक बाट माथि) तिर्नु पर्नेछ र स्वीडिश प्रयोगकर्ताहरूले आफ्नो योजनाहरू १७९ स्वीडिश क्रोना बाट २७९ स्वीडिश क्रोनामा बढेको देख्ने भएका छन्।

त्यसैगरी मूल्यवृद्धि प्राप्त गर्ने देशहरूको पूर्ण सूची युट्युबले चाँडै प्रकाशित गर्ने जनाइएको छ। साथै त्यतिन्जेल, आफ्नो इमेल इनबक्समा नजर राख्नको लागि जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो मूल्यवृद्धि धेरै आक्रामक देखिएको जनाइएको छ र केही रेडिट प्रयोगकर्ताहरूले विशेष गरी युट्युब म्युजिकको लागि प्लेटफर्म प्रयोग गर्ने प्रयोगकर्ताहरूका औंल्याउँदै युट्युब प्रिमियम अब सबैभन्दा महँगो स्ट्रिमिङ सेवाहरू मध्ये एक भएको उल्लेख गरेका छन्।

हाल स्पोटिफाईले युरोपमा आफ्नो पारिवारिक योजनाको लागि औसतमा लगभग १८ यूरो मूल्य लिने गरेको छ (मूल्य देशहरूमा भिन्न हुन्छन्) भने व्यक्तिगत योजनाको मूल्य लगभग ११ यूरो रहेको जनाइएको छ।

साथै स्पोटिफाईको व्यक्तिगत योजना मूल्य निर्धारणसँग मिल्दोजुल्दो हुनुका साथै यसको पारिवारिक योजनाको लागि १ यूरो कम लिने गरेको एपलम्युजिक पनि पनि सस्तो रहेको थप उल्लेख गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ९ आश्विन २०८१, बुधबार