Technology Khabar ९ आश्विन २०८१, बुधबार
काठमाडौं ।
मिडियाटेकले अर्को महिना डाइमेन्सिटी ९४०० चिपसेट जारी गर्ने अपेक्षा गरिएको छ। यसमा आर्मको इमोर्ट्यालिस–जी९२५ ग्राफिक्स युनिट हुने जनाइएको छ जुन ताइवान कम्पनीको “अहिलेसम्मको उच्चतम प्रदर्शन गर्ने, सबैभन्दा कुशल जीपीयू” हुनेछ।
भर्खरैका बेन्चमार्कहरूले र: पावर (कच्चा शक्ति) को सन्दर्भमा यो सत्य हुन सक्छ भनेर पुष्टि गरेको जनाइएको छ। जीपीयूले जीएफएक्स एज्टेक १४४०पी अफ–स्क्रिन भुल्कान बेन्चमार्कमा १३४ एफपीएस स्कोर गरेको जनाइएको छ जुन एप्पल ए१८ प्रो मा ७२ एफपीएस र गत वर्षको स्न्यापड्रगन ८ जेन ३ मा ९५ एफपीएस भन्दा धेरै उच्च भएको उल्लेख गरिएको छ।
एज्टेक परीक्षण जीएफएक्सबेन्च सुइटको अंश भएको र जसलाई विशेष गरी भुल्कान (हाई–पर्फमेन्स ग्राफिक्स एपीआईहरू मध्ये एक) को साथ इन्टेन्सिभ थ्रीडी गेमजस्तो वातावरणको नक्कल गर्न र ग्राफिक्स हार्डवेयरलाई सीमामा धकेल्नका लागि डिजाइन गरिएको उल्लेख गरिएको छ।
“१४४०पी” पार्ट भन्नाले क्यूएचडी रिजोल्युसन सेटिङमा परीक्षण रन गरिएको अर्थ हुने जनाइएको छ र जुन उच्च स्तरको विवरण भएको उल्लेख गरिएको छ।
त्यसैगरी अफ–स्क्रिन परीक्षणमा ग्राफिक्स युनिटको रेजोल्युसनबाट प्रभावित नभई रअ पर्फमेन्सको लागि मात्र परीक्षण गरिने थप उल्लेख गरिएको छ।
परीक्षणले इम्मोर्ट्यालिस–जी९२५को साथमा डाइमेन्सिटी ९४०० को पूर्ण क्षमतालाई स्पष्ट रूपमा देखाएको छ। यद्यपि अन्तमा कुन फोन निर्माता कम्पनीहरूले तिनीहरूको २०२५ फ्ल्यागशिपहरूको लागि मिडियाटेक चिपसेटलाई छनौट गर्नेछन् भनेर जान्नको लागि पर्खनु पर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ आश्विन २०८१, बुधबार