Technology Khabar ९ आश्विन २०८१, बुधबार
काठमाडौं ।
टेक दिग्गजहरू जोनी आइभ र ओपनएआईका सीईओ साम अल्टम्यानले अन्ततः गोप्य एआई हार्डवेयर परियोजनामा उनीहरूको सहकार्यको पुष्टि गरेका छन्। उनीहरूको सम्भावित साझेदारीको प्रारम्भिक रिपोर्टहरूको अनुमानको एक वर्षपछि द न्यू योर्क टाइम्सले यो सहकार्यबारे केही प्रकाश पारेको हो।
आइभले एयरबीएनबीका सीईओ ब्रायन चेस्की मार्फत अल्टम्यानलाई भेटेपछि परियोजना शुरु भएको उल्लेख गरिएको छ।
आइभ आफैँ र लरेन पावेल जब्सको संस्था ‘इमर्सन कलेक्टिभ’ को संयोजनबाट बनेको लगानी संस्थाबाट उक्त कोष आएको देखिएको छ। अघिल्ला अफवाहहरूले सफ्टबैंकका सीईओ मासायोशी सनबाट सम्भावित १ अर्ब अमेरिकी डलर लगानीको उल्लेख गरे पनि द न्यू योर्क टाइम्सले यस बारे कुनै उल्लेख गरेको छैन्।
हालको यो सानो टोलीमा जम्मा दस जना कर्मचारीहरू मात्र रहेको जनाइएको छ। यद्यपि टोली सानो भए तापनि यसमा आइभको एप्पलको कार्यकालमा आईफोनको विकासको लागि ‘विशेष व्यक्तित्व’ मानिएका ताङ ट्यान र इभान्स ह्यान्की जस्ता प्रभावशाली दिग्गजहरू समावेश रहेको जनाइएको छ।
साथै आइभको डिजाइन फर्म ‘लभफ्रम’ ले परियोजनाको दिशाको नेतृत्व गरिरहेको छ। यसबाहेक तिनीहरूले अफिस स्पेसको लागि एक समर्पित ३२,०००–वर्ग–फुटको पसल पनि स्थापना गरेका जनाइएको छ जुन सान फ्रान्सिस्कोमा आइभद्वारा ९० अमेरिकी डलर मिलियन रियल इस्टेट अधिग्रहणको अंश भएको थप उल्लेख गरिएको छ।
रिपोर्टले “जेनेरेटिभ एआईले जटिल प्रयोगकर्ता अनुरोधहरू बुझेर परम्परागत सफ्टवेयरलाई उछिनेर नयाँ प्रकारको कम्प्युटिङ डिभाइस सिर्जना गर्ने क्षमता” भन्ने आइभ र अल्टम्यान बीचको छलफललाई संकेत गरेको छ। साथै प्रारम्भिक अफवाहहरूले मूल आईफोनबाट प्रेरित टचस्क्रिन डिभाइसको बारे सुझाव दिएको छ।
लभफ्रमका सह–संस्थापक मार्क न्युसनले “एआई प्रडक्ट आफैं र यो कहिले रिलिज हुनेछ भन्नेबारे अझै अनुमान लगाइँदैछ” भन्दै परियोजनाको प्रारम्भिक चरणमा जोड दिएका गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ आश्विन २०८१, बुधबार