Technology Khabar ८ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकमले अनलाइन भर्ती र मूल्यांकन सफ्टवेयर खरिदका लागि टेण्डर खुलाएको छ। टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय जावलाखेलले एउटा सार्वजनिक सूचना जारी गरी यस प्रकारको प्रणालीका लागि सम्बन्धित सेवा/परामर्शदातृ निकायका लागि टेण्डर आह्वान गरेको हो।
सूचना अनुसार उक्त निर्देशनालयका लागि आवश्यक भएको Online Recruitment and Evaluation System खरिद गर्नुपर्ने भएकोले आपूर्ति गर्न इच्छुक फर्म/कम्पनी तथा आपूर्ति कर्ताहरूबाट सिलबन्दी दरभाउपत्र फाराममा उल्लिखित शर्तहरूको अधीनमा रही टेण्डर आइपुग्नु पर्ने उल्लेख गरिएको हो।
यसरी उक्त सेवा उपलब्ध गराउन इच्छुक फर्म वा संस्था मूल्य अभिवृद्धि करमा दर्ता भई आर्थिक वर्ष २०७९/८० सम्म कर चुक्ता गरेका इजाजत प्राप्त रजिस्टर्ड कम्पनी हुनुपर्ने पूर्वशर्त तोकिएको छ।
सूचनामा यस प्रकारको सिलबन्दी टेण्डर आगामी असोज २२ बिहान ११:४५ बजेभित्र रु ५ लाख Bid Security Amount अर्थात् बोलपत्र सुरक्षा रकम कम्पनीको एनएमबी बैंकमा रहेको खाता नं. ०१६०००१३७३९०१०४१ मा नगद जम्मा गरेको सक्कलै भौचर वा सिलबन्दी दरभाउपत्र खोलिने मितिबाट न्यूनतम १० दिन अवधि कायम रहेको “क’ वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरूबाट जारी भएको बैंक जमानत पत्र समावेश गरी रीतपूर्वक पेश गर्न आह्वान गरिएको छ।
‘प्राप्त सिलबन्दी दरभाउपत्रहरू मिति २०६१।०६।२२ को मध्यान्ह १२:०० बजे यस निर्देशनालयमा खोलिनेछ’,सूचनामा भनिएको छ।
प्रकाशित: ८ आश्विन २०८१, मंगलवार