इनड्राइभद्वारा योरपेस प्रशिक्षण कार्यक्रममा दुईओटा इलेक्ट्रिक स्कूटर विजेताको छनोट

Technology Khabar ६ आश्विन २०८१, आईतवार

इनड्राइभद्वारा योरपेस प्रशिक्षण कार्यक्रममा दुईओटा इलेक्ट्रिक स्कूटर विजेताको छनोट

काठमाडौं ।

विश्वकै गतिशीलता र शहरी सेवाहरूको प्लेटफर्म इनड्राइभले आफ्नो योरपेस प्रशिक्षण कार्यक्रममा दुईवटा ईभी स्कुटर विजेताको घोषणा गरेको छ।

यो हस्तान्तरण समारोह काठमाडौं म्याराथनको खेल मेलामा आयोजना गरिएको थियो जहाँ इनड्राइभका प्रमुख प्रतिनिधिहरू कम्पनीको एसिया प्रशान्त क्षेत्रका जनसम्पर्क तथा सञ्चारप्रमुख पावित नन्दा आनन्द र योरपेस बाइ इनड्राइभका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभालगायतको  सहभागिता रहेको थियो।

विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय प्रतिबद्धताका आधारमा चयन गरिएको थियो जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि हेरिएको आयोजकले बताएको छ।

उनीहरूले आफ्नो प्रशिक्षण यात्रामा समूह प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, प्रशिक्षण माइलस्टोनहरू पूरा गर्दै र अन्य धावकहरूको समर्थन गर्दै उल्लेख्य समर्पण देखाएका छन्।

उनीहरूको मेहनत र धैर्यले काठमाडौं म्याराथनको तयारीमा सफल भएको छ जहाँ उनीहरूले विकास गरेका कौशल र सहनशीलता प्रदर्शन गर्नेछन्।

आयोजकका अनुसार विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उत्कृष्ट संलग्नताका लागि सम्मानित गरिएको थियो जसले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गर्यो। यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई मनाउने मात्र नभई अरुलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्दछ।

एशिया प्रशान्त क्षेत्रका जनसम्पर्क तथा सञ्चार प्रमुख पावित नन्दा आनन्दले भनिन्: “हामी हाम्रा समर्पित चालकहरूको उपलब्धिहरूको उत्सव मनाएकोमा गर्व गर्छौं। योरपेस जस्ता पहलकदमीहरू मार्फत हामी व्यक्तिको व्यावसायिक र व्यक्तिगत विकासलाई सशक्त बनाउन चाहन्छौं। यस अभियानको सफलताले हामी एक-अर्कालाई समर्थन गर्न कसरी एकत्रित हुन सक्छौं भन्ने कुरा देखाउँछ, र हामी यस यात्रामा अघि बढ्न उत्साहित छौं।”

उत्सवमा मनमोहक आकर्षणको रूपमा एक जना चालकका छोराले पनि योरपेस प्रशिक्षणमा उत्कृष्ट संलग्नताका लागि ट्याब्लेट प्राप्त गरे, जसले उनलाई काठमाडौं म्याराथनका लागि तयार गरिरहेको थियो।

यो कार्यक्रमलाई इनड्राइभका लागि एउटा महत्वपूर्ण कोशेढुंगाका रूपमा चिन्न सकिन्छ जसले चालकहरू र तिनीहरूको परिवारहरूको लागि सहयोगी वातावरण निर्माण गर्ने प्रतिबद्धता थप बलियो बनाउँछ। इनड्राइभ सधैं साथी व्यवहार र सामुदायिक संलग्नताको प्रवर्धनमा अग्रसर रहने कम्पनीको प्रतिबद्धता रहेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ आश्विन २०८१, आईतवार

ताजा समाचार