ह्वावेको मेटप्याड प्रो १२.२ र मेटप्याड १२ एक्स अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक

Technology Khabar ६ आश्विन २०८१, आईतवार

ह्वावेको मेटप्याड प्रो १२.२ र मेटप्याड १२ एक्स अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक

काठमाडौं ।

ह्वावेले बिहीबार तीनवटा नयाँ वेयरेबल्स ल्याएको छ। बार्सिलोनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय दर्शकहरूले ग्लोबल रोलआउटको रुपमा मेटप्याड प्रो १२.२ र मेटप्याड १२ एक्स गरी दुई नयाँ ट्याब्लेटको लन्च पनि देख्ने मौका पाएका छन्। यी डिभाइस केही महिनादेखि चीनमा बिक्री भैरहेको उल्लेख गरिएको छ।

मेटप्याड प्रो १२.२ मा डुअल–लेयर ओएलईडी डिस्प्ले र १००डब्ल्यू वायर्ड चार्जिङको साथ ठूलो १० हजार १०० एमएएच ब्याट्री रहेको छ भने १२ एक्स चीनमा मेटप्याड एयर को रूपमा बिक्री गरिने गरिएको जनाइएको छ। साथै मेटप्याड १२ (चीनमा मेटप्याड एयर) पनि प्रोको जस्तै ब्याट्री समावेश गरिएको थप उल्लेख गरिएको छ।

मेटप्याड प्रोले किबोर्ड र स्टाइलस पेनलाई समर्थन गर्दछ। सन् २०२३ को अन्तमा लन्च गरिएको ठूलो १३.२ इन्चको ट्याब्लेटको विपरीत मेटप्याड प्रोलाई भने सेल्फी क्यामरा र फेसियल रिकग्निसन सफ्टवेयरको लागि नोचको आवश्यकता नपर्ने जनाइएको छ।

साथै मेटप्याड प्रोमा २,८०० × १,८४० पिक्सेल रिजोलुसन भएको १२.२ इन्चको स्क्रिन समावेश गरिएको जनाइउको छ।

मेटप्याड १२ एक्सका साथै प्रोमा स्क्रिनको माथ पेपरम्याट तह रहेको जनाइएको छ। यसले युवा सर्जकहरूको पर्फमेन्स सुधार्ने लक्ष्य राखेर पेपर टेक्स्चरलाई अनुकरण गर्दै आँखालाई पनि सजिलो हुने थप उल्लेख गरिएको छ।

ह्वावे मेटप्याड प्रो दुई संस्करणहरूमा आउने जनाइएको छ। कालो रङ्गको २५६ जीबी स्टोरेज (भण्डारण) को लागि ८४९ यूरो/७०० पाउन्ड स्टर्लिंग मूल्य रहेको जनाइएको छ भने सुनौलो रङ्गको पेपरम्याट स्क्रिनको साथ ५१२ जीबी स्टोरेज (भण्डारण) को लागि ९९९ यूरो/८०० पाउन्ड स्टर्लिंग मूल्य रहेको उल्लेख गरिएको छ।

त्यसैगरी ह्वावे युकेले ट्याब्लेटलाई कभर किबोर्डको साथ बन्डल गर्ने थप उल्लेख गरिएको छ। साथै ह्वावे स्टोरबाट डिभाइस खरिद गर्न सकिने जनाइएको छ ।

अक्टोबर २२ तारिख सम्ममा अर्डर गर्ने सबैले थर्ड–जेन ह्वावे एम–पेन्सिल निःशुल्क र १०० पाउन्ड स्टर्लिंग कुपन पनि प्राप्त गर्नेछन्।

मेटप्याड १२ एक्स पनि युकेमा सबैको लागि किबोर्ड र अक्टोबर २२ सम्मको लागि एम–पेन्सिलका साथ सोही बन्डलमा आउने जनाइएको छ।

यसको २५६ जीबी भण्डारण भएको कालो वा सेतो ट्याब्लेटको लागि ५६९ यूरो/५५० पाउन्ड स्टर्लिंग मूल्य रहेको जनाइएको छ भने पेपरम्याट स्क्रिनको साथ ५१२जीबी संस्करणको मूल्य ६४९ यूरो कायम गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ आश्विन २०८१, आईतवार