एप्पललाई पछि पार्दै शाओमी विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता बन्न सफल

Technology Khabar ६ आश्विन २०८१, आईतवार

एप्पललाई पछि पार्दै शाओमी विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता बन्न सफल

काठमाडौं ।

शाओमीले सन् २०२४ को अगस्ट महिनामा एप्पललाई पछि पार्दै ग्लोबल स्मार्टफोन बिक्री संख्यामा दोस्रो स्थान कब्जा गर्न सफल भएको छ।

सेल–थ्रु भोल्युमले खुद्रा विक्रेताहरूलाई ढुवानी गरिएको मात्र नभएर अन्तिम ग्राहकहरूलाई बिक्री गरिएको युनिट (बेचेको एकाइहरू) को वास्तविक संख्यालाई बुझाउँछ। बजार अनुसन्धान फर्म काउन्टरपोइन्टको स्मार्टफोन ३६० मन्थली ट्रयाकरबाट यस बारेको डाटा आएको हो।

सन् २०२१ पछि शाओमीले दोस्रो स्थान ओगटेको यो पहिलो पटक हो।चिनियाँ ब्रान्डले एप्पललाई पछि पारेको हुनाले एप्पल तेस्रो स्थानमा आएको छ भने सामसङले अग्रस्थान कायमै राखेको छ।

शाओमीले यस अवधिमा लगातार रूपमा आफ्नो बिक्री मार्फत संख्या बढाउन सफल भएको र अन्ततः दोस्रो स्थान ओगटेको जनाइएको छ।

एप्पलले भने प्रोडक्टहरूको एक साँघुरो दायरा प्रदान गरेको छ। साथै आईफोन १६ सिरिजले महत्त्वपूर्ण चासो उत्पन्न गर्न संघर्ष गरेको र भर्खरैका रिपोर्टहरूले यो गत वर्षको मोडेलहरूद्वारा प्राप्त बिक्रीको आंकडामा पुग्न नसक्ने सुझाव दिएको उल्लेख गरिएको छ।

शाओमी भने सन् २०२४ मा सबैभन्दा छिटो रुपमा बढ्ने स्मार्टफोन ब्रान्डहरू मध्ये एक भएको छ र यसले विश्वव्यापी स्मार्टफोन बजारको रिकभरीमा पनि योगदान गरेको छ। रिपोर्टका अनुसार, प्रमुख बजारहरूमा शाओमीको मौसमी गिरावट ल्याटिन अमेरिकामा प्रचार–नेतृत्व वृद्धिद्वारा कमजोर भएको थियो।

“एकै खण्डमा धेरै डिभाइसहरू लन्च गर्नुको सट्टा, प्रति प्राइस (मूल्य) ब्यान्डमा एक हीरो मोडेल सिर्जना गर्न आफ्नो ऊर्जा केन्द्रित गर्दै शाओमीले यस वर्ष एक लिनर प्रोडक्ट (पातलो उत्पादन) रणनीति अपनाएको छ। यसका साथै, यसले नयाँ बजारहरूमा विस्तार जारी राख्दै र अवस्थित बजारहरूमा आफ्नो स्थिति सुदृढ गर्दै आफ्नो बिक्री र मार्केटिङ फोकसलाई पुनः ऊर्जा प्रदान गरेको छ। इन्ट्री–टू–मिड–टियर डिभाइसहरूले शाओमीको लागि बलियो प्रदर्शन देखाउन जारी राखेको छ भने यसले फोल्डेबल र ‘अल्ट्रा’ ‘डभाइसहरूको साथ प्रिमियम खण्डमा पनि प्रवेश गरेको छ” बजार अनुसन्धान निर्देशक तरुण पाठकले उल्लेख गरेका छन्।

शाओमीका धेरैजसो प्रमुख बजारहरूले विगत केही क्वाटरहरूमा आर्थिक रिकभरी देखेको र कम मूल्य क्षेत्रहरूमा मागको लागि सबैभन्दा लाभदायक भएको जनाइएको छ। बजारमा कम्पनीको पकड विशेष गरी इन्ट्री–लेभल सेगमेन्ट (प्रवेश–स्तर खण्ड) अर्थात् २०० अमेरिकी डलर मूल्य दायरामा बलियो रहेको प्रतिवेदनले थप हाइलाइट गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ आश्विन २०८१, आईतवार