Technology Khabar ४ आश्विन २०८१, शुक्रबार
काठमाडौं ।
यस महिनाको सुरुआतको घोषणाहरू पछ्याउँदै र प्रि–अर्डरको ठिक एक हप्ता पछि आईफोन १६ सिरिजको पहिलो लहरको खुला बिक्री अब विश्वभरका बजारहरूमा शुरु भएको छ।
यस वर्षको आईफोन १६ सिरिजमा आईफोन १६ र आईफोन १६ प्लस गरी दुई बेस (आधार) मोडेलहरू उपलब्ध छन् भने आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स गरी दुई फ्ल्यागशिपहरू समावेश गरिएका छन्।
नयाँ आईफोनहरू अब अष्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, जापान, मलेसिया, मेक्सिको, दक्षिण कोरिया, टर्की, युएई, बेलायत र अमेरिका लगायत ५८ देशमा उपलब्ध छन्। यसका साथै अबको एक हप्तामा अर्थात सेप्टेम्बर २७ तारिखदेखि आईफोन १६ सिरिज थप २१ देशहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।
एप्पलले आईफोन १६ सिरिजहरू मात्र नभएर (शुक्रबार) देखि एप्पल वाच सिरिज १०, स्याटिन ब्ल्याक एप्पल वाच अल्ट्रा २ का साथै नयाँ एयरपड्स ४ र एयरपड्स म्याक्सको खुला बिक्री सुरु गरेको गरेको छ।
छिमेकी देश भारतमा त आईफोन १६ सिरिज किन्नका लागि एप्पल स्टोरमा लामो लाइन लागेको भारतिय मिडियाहरुले रिपोर्ट गरेका छन्। भारतीय ग्राहकहरु स्टोर बाहिर २१ घण्टादेखि कुरेर बसेको रिपोर्टहरुमा उल्लेख छ।
प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार