नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालनमा ल्यायो बिजनेस इन्टेलिजेन्स सिस्टम

Technology Khabar ४ आश्विन २०८१, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालनमा ल्यायो बिजनेस इन्टेलिजेन्स सिस्टम

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ। महासंघका सदस्यहरुको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ।

यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण सदस्यहरुको जानकारी राखिनेछ। महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरि करिब ६ लाख व्यवसाय आवद्ध छन्। ती सदस्यहरुको विवरण यस प्रणालीमा रहने बताईएको छ।

यसैगरि नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ। नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकासन यस प्रणालीमा राखिनेछ। जुन सर्वसाधारणको पहुँचमा रहने जानकारी दिईयो।

यो प्रणालीको उदघाटन गर्दै महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए।

सो बीआईएस पोर्टल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार

ताजा समाचार