लेबनानको अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजर लान प्रतिबन्ध

Technology Khabar ४ आश्विन २०८१, शुक्रबार

लेबनानको अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजर लान प्रतिबन्ध

काठमाडौं ।

लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी मङ्गलबार र बुधबार भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्।

यसका साथमा, अब लेबनानको राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजरहरू लान प्रतिबन्ध लगाइएको छ।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकीटकी जस्ता उपकरणहरू नल्याउन भनिएको छ। यदि तिनीहरूसँग त्यस्ता उपकरणहरू फेला परेमा तुरुन्तै जफत गरिनेछ।

सोही सूचनालाई आधार मान्दै कतार एयरवेजले सामाजिक संजाल एक्समा एक पोस्टमा आफ्ना यात्रुहरुलाई वाकीटकी र पेजरहरू एयरपोर्टमा र उडानमा प्रयोग गर्न रोक लगाईएको र लगेजमा समेत नराख्न अनुरोध गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार